पाल्पामा वर्षाका कारण विद्युतमा क्षति
शनिबार, असोज १९, २०८१
दसैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिंदै
शनिबार, असोज १९, २०८१
बडा दसैं एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको...
आज विश्व शिक्षक दिवस मनाइँदै
शनिबार, असोज १९, २०८१
आज विश्व शिक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । शिक्षकका लागि समर्थन जुटाउन र भविष्यको पुस्ताको आवश्यकता शिक्षकहरुको माध्यमबाट पूरा हुन्छ भन्ने कुराको सुनिश्चितताका लागि संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोको आह्वानमा सन् १९९४ देखि हरेक वर्ष अक्टुबर ५ तारिखमा यो दिवस मनाउँदै आएको...
तानसेन खानेपानीको सेवा नयाँ कार्यालयबाट
बिहीबार, असोज १७, २०८१
तानसेन खानेपानी उपभोक्ता समितिले आफ्नो सेवा नयाँ कार्यालयबाट दिन थालेको छ । समितिले विहीबारदेखि पहिलेको ठाउँबाट केही तल तानसेन –३ भगवती टोलस्थित पहिलेको मोनिका गेष्ट हाउस र हालको होटल तानसेन सिटी भएको घरबाट सेवा दिन थालेको हो ।
माउन्ट भ्यालीमा टिका र जमरा लगाइदिएर विद्यार्थीलाई दसैं छुट्टी
बुधबार, असोज १६, २०८१
जिल्लाको माथागढी गाउँपालिकाको सराइमा रहेको माउण्ट भ्याली इङ्गलिस स्कूलले निधारमा टिका, हातमा दक्षिणा र कानमा जमरा लगाइँदिदै विद्यार्थीलाई दसैं छुट्टी दिएको छ । नेपालीहरुको महान चाड बडा दसैं नजिकै जादाँ स्कुलले शिक्षक, कर्मचारीहरुबिच टिका जमरा लगाएर शुभकामना आदान–प्रदान गरी दसैं छुट्टी गरेको हो ।
आजदेखि पितृ पक्ष समापन गरिँदै
बुधबार, असोज १६, २०८१
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष आजदेखि समापन गरिँदैछ । दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज पितृ पक्ष अर्थात स्रोह श्राद्ध समापन गर्न लागिएको हो ।
रामपुरमा चाडपर्व लक्षित अनुगमन
मंगलबार, असोज १५, २०८१
नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर जिल्लाको रामपुर नगरपालिका बजार क्षेत्रमा अनुगमनलाई तीव्र दिइएको छ । दसैँ,तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी नगर भित्रका पसलहरुमा सोमबारदेखि अनुगमन थालिएको हो ।
बाढी–पहिरो : मृतकको संख्या दुई सय पुग्यो
मंगलबार, असोज १५, २०८१
अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म दुईको मृत्यु भएको छ । देशका विभिन्न स्थानमा भएका विपद्का घटनाबाट सोमबार साँझासम्म मृत्यु हुनेको संख्या दुई सय पुगेको गृह मन्त्रालयले जनाएको छ ।
अमेरिकाबाट फर्किए प्रधानमन्त्री ओली
सोमबार, असोज १४, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी भई उनी सोमबार अपरान्ह स्वदेश फर्किएका हुुन् ।


