Shittalpati
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरेका हुन् ।
लुम्बिनीको तराईमा तातो हावाको लहर अझै बढ्ने
लुम्बिनीको तराईमा तातो हावाको लहर अझै बढ्ने विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । 
नेपालमा ढुक्क भएर लगानी गर्न अपिल
नेपालमा ढुक्क भएर लगानी गर्न अपिल चनेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी लगानीकर्तालाई यहाँ ढुक्क भएर लगानी गर्न र आफ्नो लगानीको प्रतिफलको चिन्ता नगर्न सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका जानकारहरुले अपिल गरेका छन् । 
गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते
गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु१च ४३२० नम्बरको जिप गए राति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी...
निसीखोलाका असला माछा संकटमा
निसीखोलाका असला माछा संकटमा अवैध रुपमा माछाको चोरी सिकारी बढेपछि निसीखोलाका असला माछा संकटमा परेका छन् । करेन्ट लगाउने र विष हालेर माछा मार्ने गैरकानुनी कामका कारण निसीखोलामा माछा कम पाइन थालेको हो । माछा लोप हुन थालेपछि स्थानीयवासीको माछा मार्ने पेसासमेत संकटमा परेको छ ।
योजना सुरू हुन्छन्, सम्पन्न हुँदैनन्
योजना सुरू हुन्छन्, सम्पन्न हुँदैनन् गुल्मीको इस्मा गाउँपालिकाले रिङरोडका नाममा विसं २०७५ मा वडा २ की चन्द्रा कुमालको घर माथिबाट सडक खन्न सुरु गर्‍यो । माथिबाट सडक खन्दा घरलाई जोखिम हुने भएपछि पुनःघर तलपट्टिबाट सडक खनियो । माथिबाट बाटो खन्दा गएको पहिरोले घर पुरियो भने तलपट्टिबाट खनेको सडकका कारण गरिखाने पाटो सकियो । 
कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा आज अपरान्ह काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् ।
आफ्नै घरमा आगो लगाउने पक्राउ
आफ्नै घरमा आगो लगाउने पक्राउ मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउनेलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका‐६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार रहकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोख्रेलले जानकारी दिए । 
डढेलोले गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले
डढेलोले गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करौडौंको क्षति भएको छ । सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन् । दर्जनौँ पशुचौपाया आगोले गोठमै जलेर मरेका छन् ।
लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा
लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि राजीनामा दिएका हुन् ।
Weather Update