लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त
सोमबार, भदौ ३१, २०८१
केराखेतीबाट वार्षिक १४ लाख आम्दानी
सोमबार, भदौ ३१, २०८१
दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो ।
नेप्से परिसूचक ५० अङ्कले घट्यो, कारोबार रकममा सुधार
आइतबार, भदौ ३०, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्क अर्थात् एक दशमलव ८८ प्रतिशतले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ को बिन्दुमा कायम भएको हो । लगातार छ कारोबार दिनसम्म घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अङ्कले बढेको थियो । तर बजार सम्हालिन नसक्दा आज...
संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री
आइतबार, भदौ ३०, २०८१
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्याउने गरी संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
दही बिक्री गरेर मनग्य आम्दानी
आइतबार, भदौ ३०, २०८१
टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँभरका भैँसीपालक किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए । करिब १५–१६ जनाको समूह देख्दा लमहीको अर्जनखोलावारि यात्रु प्रतिक्षालयमा बसेका यात्रु चढाउन बस चालकले रोकेनन ।
सुनको मूल्यमा कीर्तिमान
आइतबार, भदौ ३०, २०८१
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ ।
स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय
आइतबार, भदौ ३०, २०८१
स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना हुने भएको छ । सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने नीति लिएसँगै स्याङ्जामा कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो ।
घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’
शनिबार, भदौ २९, २०८१
बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जीउ थकित भए पनि अनुहार भने जहिल्यै हँसिलो हुन्छ ।
टरिगाउँ विमानस्थलबाट अब मङ्गलबार पनि उडान हुने
शनिबार, भदौ २९, २०८१
यहाँस्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।
बीस वर्ष नपुग्दै आमा बने महिला
शुक्रबार, भदौ २८, २०८१
सत्र वर्षीया शुभा परियार यही साउन १४ गते छोराको आमा बनिन् । वालिङ नगरपालिका–७ पैदीकी परियारले वालिङस्थित ग्रहौँ प्राथमिक अस्पतालमा छोरालाई जन्म दिईन् ।
बागलुङ दुर्घटनामा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष बुढाको निधन
शुक्रबार, भदौ २८, २०८१
बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च
शुक्रबार, भदौ २८, २०८१
स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भएको हो ।
कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी
शुक्रबार, भदौ २८, २०८१
हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन् । विसं २०७४ मा वडासदस्य भएर जनताको सेवा गरेका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गरेका हुन् ।


