गुल्मी भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित
शुक्रबार, पुस २६, २०८१
चिकित्सक अभावले उपचार प्रभावित
शुक्रबार, पुस २६, २०८१
जिल्लाको धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ । तीन वर्षदेखि सक्रिय मनोरोग विभाग चार महिनायता ठप्पजस्तै बनेको अस्पतालले जनाएको छ ।
लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश
बिहीबार, पुस २५, २०८१
कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
बिहीबार, पुस २५, २०८१
अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ ।
मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान संकलन
बुधबार, पुस २४, २०८१
बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट एक करोड ४३ लाख ५९ हजार नौ सय ९० संकलन भएको छ । चालु आर्थिक वर्षमा दोस्रो पटक दानपेटिका गणना गरिएको हो । दोस्रो पटकको गणनामा उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
रामपुरमा महायज्ञबाट जुट्यो चार करोड ३९ लाख
बुधबार, पुस २४, २०८१
जिल्लाको रामपुरस्थित शहीद बहुमुखी क्याम्पसमा संकाय थप, सीपमूलक कक्षा सञ्चालन र छात्रावास निर्माणका निम्ति आयोजित श्रीमद्भागवत महापुराणमा चार करोड ३९ लाख रकम संकलन भएको छ ।
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
मंगलबार, पुस २३, २०८१
आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ ।
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
सोमबार, पुस २२, २०८१
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
क्याम्पसको लापरवाहीले विद्यार्थीको नतिजा रोकियो
आइतबार, पुस २१, २०८१
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको सिद्धान्त क्याम्पसका विद्यार्थीको नतिजा क्याम्पसको लापरबाहीका कारण रोकिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रापुरबाट सम्बन्धन लिएर सञ्चालनमा आएको क्याम्पसका स्नातक आठौँ सत्रहान्त (सेमिस्टर)का विद्यार्थीको नतिजा रोकिएको हो ।
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
आइतबार, पुस २१, २०८१
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ ।
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
आइतबार, पुस २१, २०८१
जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आइतबार बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो ।
बस दुर्घटनामा छ जनाको मृत्यु
शनिबार, पुस २०, २०८१
उत्तरपश्चिम पेरुमा एउटा बस नदीमा खस्दा कम्तीमा छ जनाको मृत्यु तथा १७ जना बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार बस बिहीबार साँझ लिमाबाट उत्तरी पेरुको पोमाबाम्बाका लागि छुटेको थियो ।


