Shittalpati
बारीमा तरकारी, घरमै रोजगारी
बारीमा तरकारी, घरमै रोजगारी बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उनको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन् । उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन् ...
व्यवसायिक आलु खेतीबाट मनग्य आम्दानी
व्यवसायिक आलु खेतीबाट मनग्य आम्दानी यहाँका किसान व्यावसायिक रुपमा आलु खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र, मदाने, सत्यवती र मालिक गाउँपालिकाका किसान व्यवसायिक आलु खेती मार्फत आत्मनिर्भर बनेका छन् ।      
उखु किसानलाई प्रविधिले दियो खुसी
उखु किसानलाई प्रविधिले दियो खुसी परम्परागत रूपमा उखु खेती गर्दै आएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ लुङ्सिङका किसान प्रविधिको प्रयोग गर्न पाउँदा उत्साहित भएका छ न् ।
किसानलाई पशु बिमा गर्न कठिन
किसानलाई पशु बिमा गर्न कठिन स्याङ्जाको वालिङ नगरपालिका अन्तर्गतका किसानले पशु बिमा गर्न समस्या हुने गरेको बताएका छन् । वालिङ–११ स्वरेक पृतिपका कृषक राजु पङ्गेनीले बाख्राको बिमा गर्न निकै कठिन भएको गुनासो गरे ।
परम्परागत खेती छाडेर कफी खेतीमा गुल्मीका कृषक
परम्परागत खेती छाडेर कफी खेतीमा गुल्मीका कृषक गुल्मीमा परम्परागत कृषि पेसा गर्दै आएका कृषक आजभोलि कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकले बारीमा मकै र कोदो लगाउन छोडेर कफीखेती सुरु गरेका हुन् ।
अठार वर्षपछि विदेशबाट फर्केर व्यवसायिक बाख्रापालन
अठार वर्षपछि विदेशबाट फर्केर व्यवसायिक बाख्रापालन स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीँखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाएका छन् । भारत, सिङ्गापुर, मलेसिया, कङ्गो, कुवेतलगायत देशमा १८ वर्ष रोजगार गरेर फर्किएपछि उनले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् ।
रामपुरका कृषकलाई अनुदानमा मकैको विउ
रामपुरका कृषकलाई अनुदानमा मकैको विउ रामपुर नगरपालिकाले कृषकहरुलाई उन्नत जातको मकैको विउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मकैको विभिन्न जातका विउ कृषकहरुलाई वितरण गरेको हो ।
म्याग्दीका वन पाखामा फक्रँदै सिमल
म्याग्दीका वन पाखामा फक्रँदै सिमल ‘म्याग्दी,गायकद्वय ऋषि अधिकारी र शर्मिला गुरुङको स्वर रहेको यो गीतको टुक्काले त बिछोडको पल सम्झाउँछ । यतिखेर म्याग्दीको बेनी र वरपरका पाखा पखेरामा फक्रँदै गरेको सिमलको फूल देख्दा भने विछोडका हरेक पल बिर्सिएर मनै प्रफुल्ल हुन्छ ।
सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री    
सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री     उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यस वर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् । 
बसाइँसराइले उजाडिएको गाउँमा मौरीपालनमा रमाइरहेका पौडेल दम्पती
बसाइँसराइले उजाडिएको गाउँमा मौरीपालनमा रमाइरहेका पौडेल दम्पती वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ । गाउँमा भएका युवा दिनहुँ विदेश पलायन भइरहेका छन् । घरमा भएका छोरोछोरी पनि पढाइका लागि बजार झर्न थालेका छन् ।
वैदेशिक रोजगारीबाट फर्की झाडी फाडेर सुन्तला खेती
वैदेशिक रोजगारीबाट फर्की झाडी फाडेर सुन्तला खेती बीस वर्ष वैदेशिक रोजगारीमा बिताएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तला खेती थालेका छन् । गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दै गएपछि बाँझिन थालेको पाँच रोपनी बारीमा सुन्तलाखेती थालेका कार्की अहिले खेतीयोग्य जग्गाको झाडी हटाउने अभियानमा छन् ।
Weather Update