Shittalpati
आगामी बर्षसम्म सबै किसानलाई  सूचिकरण गरी परिचयपत्र बाड्ने तयारीमा किसान आयोग
आगामी बर्षसम्म सबै किसानलाई  सूचिकरण गरी परिचयपत्र बाड्ने तयारीमा किसान आयोग राष्ट्रिय किसान आयोगले किसान सूचिकरण तथा किसान परिचयपत्र कार्यक्रम कार्यान्वयनको विषयमा पाल्पा, रुपन्देही, र स्याङ्जा जिल्लाका पालिकाहरुसँग छलफल अन्तक्र्रिया गरेको छ ।
महिलालाई व्यवसायिक तरकारी उत्पादनमा सहयोग गर्दै निर्धन उत्थान लघु वित्त
महिलालाई व्यवसायिक तरकारी उत्पादनमा सहयोग गर्दै निर्धन उत्थान लघु वित्त निर्धन उत्थान लघुवित्त बाँसटारी शाखाले व्यवसायिक तरकारी खेती सम्बन्धि तालिम  सञ्चालन गरेको छ । संस्थाले आफ्ना सदस्यहरुलाई व्यवसायिक तरकारी खेतीमा आवद्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले ३ दिने तालिम सञ्चालन गरेको हो ।
पाल्पामा पशुहिंसा र यातनाविरुद्धको अभियान
पाल्पामा पशुहिंसा र यातनाविरुद्धको अभियान पाल्पाका व्यबसायिक पशुपालक कृषकहरुलाई जुटाएर पशु अधिकारको बारेमा पहिलो पटक सरकारीस्तरबाट सचेतना अभियान शुरु गरिएको छ । मानिसले आफ्नो फाईदाको लागि पशुपक्षिको प्रयोग गर्दै आएको भएता पनि उनीहरुलाई यातना, हिंसारहित तरीका, उनीहरुको अधिकार तथा कल्याणलाई मध्यनजर गरेर पशुपालन गर्नुपर्नेमा लुम्बिनी प्रदेश पशु पक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलले अभियान चलाएको...
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरेका हुन् ।
झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर
झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर रुकुम पश्चिमको सदरमुकाम खलंगाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका–१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन ।
अम्रिसोले डाँडै हरियाली
अम्रिसोले डाँडै हरियाली जिल्लाको निस्दी गाउँपालिका–३ काउँलेडाँडा अम्रिसोले हरियाली भएको छ । १४ बर्ष अघि वनमारा झारले कुरुप बनेको डाँडा अहिले अम्रिसोले हराभरा मात्र भएको छैन् गाउँलेको राम्रो आम्दानीको स्रोत समेत बनेको छ ।
गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित, उत्पादित खुदो विदेशी बजारसम्म
गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित, उत्पादित खुदो विदेशी बजारसम्म पछिल्लो समय गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । कम लागतमा बढी उत्पादन हुनुका साथै उखुबाट गुँड र खुदो बनाएर बेच्न सकिने भएपछि यहाँका किसान उखुखेतीतर्फ आकर्षित भएका हुन् । जिल्ला गुण र खुदोको लागि प्रख्यात मानिन्छ ।
विदेश पलायन रोक्न दूधमा अनुदान
विदेश पलायन रोक्न दूधमा अनुदान किसानलाई पशुपालनमा आकर्षित गर्ने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले दूधमा प्रतिलिटर १० अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमार्फत ‘दूधमा आत्मनिर्भर तथा गाईभैँसी प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत नगरपालिकाले दूधमा अनुदान दिने भएको हो ।
उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तित
उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तित उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो । 
Weather Update