पाल्पाका सबै पालिकामा गठबन्धनको उत्साहजनक उम्मेदवारी दर्ता
सोमबार, वैशाख १२, २०७९

काँग्रेसबाट रैनादेवी छहरामा उम्मेदवारी दर्ता
सोमबार, वैशाख १२, २०७९
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा नेपाली काँग्रेसकोतर्फबाट उम्मेदवारी दर्ता भएको छ । गाउँपालिकामा रहेको निर्वाचन कार्यालयमा पुगी पालिका अध्यक्ष,वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।

माथागढीमा बाजागाजा सहित काँग्रेसका उम्मेदवारले गरे मनोनयन दर्ता
सोमबार, वैशाख १२, २०७९
पाल्पाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । आज बाजागाजा सहित पालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।

पाल्पामा नेपाली काँग्रेसले टुँगो लगायो पालिका उम्मेदवार
सोमबार, वैशाख १२, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस पाल्पाले स्थानीय तहका उम्मेदवारहरुको टुंगो लगाएको छ । पाँच दलीय गठबन्धनबाट सहमति भए अनुसार ६ वटा पालिका पाएको काँग्रेसले आइतबार राती मात्र उम्मेदवारको टुँगो लगाएको हो ।

पाल्पामा नेकपा माओवादी केन्द्रले लगायो उम्मेदवारको टुँगो
सोमबार, वैशाख १२, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको छ ।

गुल्मी काँग्रेसका सभापति पन्थी मेयरका उम्मेदवार
आइतबार, वैशाख ११, २०७९
आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले मेयरमा उम्मेदवारी दिने भएका छन् । उनले रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी दिने भएका हुन् ।

एमालेद्वारा पाल्पाका दशवटै स्थानीय तहमा उम्मेदवार चयन
आइतबार, वैशाख ११, २०७९
नेकपा एमाले पाल्पाले १० वटै पालिकाका प्रमुख, उप प्रमुखको उम्मेदवारको नाम टुङ्गो लगाएको छ । एमालेले केही नयाँ अनुहार र केही पुरानालाई ल्याएर जिल्लाको दुई नगर र आठ गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको हो ।

पाल्पामा गठबन्धनको भागबण्डा टुंग्यो, काँग्रेसलाई ६, एस र माओवादीलाई २/२ पालिका
शनिबार, वैशाख १०, २०७९
लामो छलफल पछि पाल्पामा गठबन्धनले भागबण्डा टुंगो लगाएको छ । आसन्न स्थानीयतह निर्वाचनका लागि शनिबार बसेको गठबन्धनको बैंठकले पाल्पाका १० वटा स्थानीय तहमा भागबण्डा टुंगो लगाएको हो ।

धुर्कोटको अध्यक्षमा काँग्रेसबाट भण्डारी
बिहीबार, वैशाख ८, २०७९
धुर्कोट गाउँपालिकाको अध्यक्षमा काँग्रेसबाट महेन्द्र भण्डारी उमेदवार भएका छन् । नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारी नेपाली कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार बनेका हुन् ।

नेपाली काँग्रेस पाल्पा क्षेत्र नं.२ को कार्यालय उद्घाटन
बुधबार, वैशाख ७, २०७९
नेपाली काँग्रेस क्षेत्र नं. २ को क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ । बुधबार तानसेनको लहरेपिपलमा एक औपचारिक कार्यक्रमकाबिच कार्यालयको उद्घाटन गरिएको हो । नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै सभापति श्रेष्ठले गठबन्धनबिचको छलफल सहमति नजिक पुगेको बताएका छन् ।

गुल्मीमा काँग्रेसको क्षेत्रीय संसदीय बोर्ड गठन
शुक्रबार, वैशाख २, २०७९
नेपाली काँग्रेस गुल्मीको क्षे नं २ को क्षेत्रीय संसदीय बोर्ड गठन भएको छ । सभापति चन्द्र बहादुर महतको अध्यक्षतामा बसेको बैठकले नेपाली काँग्रेस क्षेत्र नं.२, को विधान अनुसार क्षेत्रीय संसदीय बोर्डको गठन गरिएको हो ।
.jpg)
प्रेस चौतारी पाल्पाका उपाध्यक्ष घिमिरे प्रेस युनियनमा प्रवेश
मंगलबार, चैत २९, २०७८
प्रेस चौतारी पाल्पाका उपाध्यक्ष विष्णु घिमिरे नेपाल प्रेस युनियन पाल्पामा प्रवेश गरेका छन् । युनियनका गतिविधि र विचारलाई आत्मसाथ गर्दै घिमिरे मंगलबार युनियन प्रवेश गरेका हुन् ।