Shittalpati
पाल्पाको हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
पाल्पाको हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु जिल्लाको रम्भा गाउँपालिका १, हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । आइतबार दिउँसो हुँगीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा हुँगीबाट रामपुरतर्फ जाँदै गरेको लु ७ प ५०४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रम्भा –१ असर्दीका १७ वर्षीय सन्दीप न्यौपानेको मृत्यु भएको हो ।
‘वैशाख १ देखि भैरहवाबाट उडान हुन्छ’
‘वैशाख १ देखि भैरहवाबाट उडान हुन्छ’ संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् ।
गुल्मीको दर्लिङमा पहिलो पटक बस पुग्यो
गुल्मीको दर्लिङमा पहिलो पटक बस पुग्यो गुल्मीको मालिका गाउँपालिका–३ दर्लिङमा पहिलो पटक बस पुगेको छ । बुटबलबाट आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु१ख ५७९७ नंको बस गाउँपालिका–१ नेटा र वडा २ ह्वाङदी हुँदै बिहीबार दर्लिङ पुगेको हो । मालिकाका तीन वटै वडामा पहिलो पटक बस पुगेको हो । बस पुगेसँगै कार्यक्रमस्थल दर्लिङमा बस हेर्न स्थानीयवासीको...
रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु जिल्लाको रामपुरमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रामपुर ४ स्लामपुरको बाङगेपसलबाट सदावर्ततर्फ जाँदै गरेको प्रदेश ३०२–००८ प २९८५ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा रामपुर ४ भिमसेनटोलका ४२ वर्षीय प्रेमबहादुर सार्कीको मृत्यु भएको हो । रातीको समयमा मोटरसाईकल दुर्घटना भएको हो ।
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना चढेको लु६०प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा रुपन्देहीको गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही स्थानका २० वर्षीय राहुल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न...
पाल्पाको रैनादेवी छहरामा ५८ वर्षीय पुरुषको शव फेला
पाल्पाको रैनादेवी छहरामा ५८ वर्षीय पुरुषको शव फेला जिल्लाको रैनादेवी छहरा गाउँपालिका २ मा ५८ वर्षीय पुरुषको शव फेला परेको छ । सोही ठाउँका ५८ वर्षीय नरबहादुर रानाको शव फेला परेको हो ।
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु पाल्पाको रम्भा गाउँपालिका–२, सुरुमडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुँगीबाट ताहुँतर्फ जाँदै गर्दा लु ६७ प ४७८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक २३ वर्षीय रवीन दमै (छिनाल) को मृत्यु भएको हो ।
तानसेन– तम्घास सडक साढे छ घण्टा बन्द हुने
तानसेन– तम्घास सडक साढे छ घण्टा बन्द हुने आजदेखि तानसेन– तम्घास सडक खण्ड दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका –२ जोर्ते भीर क्षेत्रको कडा चट्टान काटी सडक स्तरन्नोती गर्ने कामका लागि फागुन १३ गते सम्म सडक बन्द हुने भएको हो ।
बुटवलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु
बुटवलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु बुटवलमा सोमबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय नवीन श्रेष्ठ छन् ।
जिपले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु
जिपले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । गए राति १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
स्याङ्जामा जिप दुर्घटना दुईको मृत्यु
स्याङ्जामा जिप दुर्घटना दुईको मृत्यु स्याङ्जामा भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार शनिबार बिहान ८ः३० बजे बिरुवा गाउँपालकिा–३ धोबादीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
प्यूठानमा जिप दुर्घटना : आठको मृत्यु, बेहुला, बेहुलीसहित पाँच घाइते
प्यूठानमा जिप दुर्घटना : आठको मृत्यु, बेहुला, बेहुलीसहित पाँच घाइते प्यूठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जिप शनिबार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
Weather Update