Shittalpati
सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ४ को मृत्युु, ३ घाइते

कपिलवस्तु, सशस्त्र प्रहरी बल नेपाल २८ गण हेड क्वाटर कपिलवस्तुको ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्युु भएको छ । सुरक्षा वेश क्याम्प विसनपुर चन्द्रौटाबाट तौलिहवातर्फ जाँदै गरेको ना १ ग ५४४ नम्बरको वानटन ट्रकले साईकल यात्रीलाई ठक्कर दिंदा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी साइकल यात्री एक जना र ३ जना सशस्त्र प्रहरीसहित ४ जनाको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका २ सशस्त्र प्रहरीको शुक्रबार मध्यराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका सशस्त्र प्रहरी जवान जनक चौधरी र हवल्दार रमेश चौधरीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै मृतकको संख्या ४ पुगेको छ भने अन्य ३ जना घाइतेको उपचार भैरहेको छ । यसअघि शुक्रबार साँझ नै चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयबासी अमर तङनामीको मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update