Shittalpati
गुल्मीमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु

गुल्मी, जिल्लाको छत्रकोट गाउँपालिका पल्लिकोटमा जेसीबी डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका वडानम्बर–२ पल्लिकोटको रातापानी भन्ने स्थानमा लु १ क ४७७१ नम्बरको डोजर दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।

दुर्घटनामा डोजर चालक दाङको शान्तिनगर गाउँपालिका – १ का ३३ वर्षीय यज्ञ वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डोजर विहिबारराती छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छातर्फ आउने क्रममा दुर्घटनामा परेको थियो । डोजर सडकदेखि ५ सय मिटर तल खसेको जनाइएको छ । जेसीबी बिहीबार राति दुर्घटनामा परेपनि स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए । घटना के कति कारणले भएको हो भन्ने विषय भने खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै विहिबार नै जिल्लाको मुसिकोट नगरपालिका–३ मा डोजरले फालेको ढुंगाले लागेर विद्यालय जाँदै गरेका एक जना विद्यार्थीको ज्यान गएको थियो । मुसिकोट नगरपालिका कुवापानी बस्दै आएका अरमाजाका १४ वर्षीय गगन रायमाझीको विद्यालय जाने क्रममा डोजरले फालेको ढुंगाले लागेको थियो । रायमाझी नजिकैको पृथ्वी मावि मैदानमा अध्ययन गर्न हिडेका बेला सडकमा काम गरिरहेको डोजरले ढुंगा फाल्दा घाइते भएका थिए । घाइते उनको उपचारका लागि अस्पताल लैजादै गर्दा ज्यान गएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update