भारतलाई हराउँदै नेपाल फाइनलमा
हाइवे-विशेष
रुपन्देही बस दुर्घटना : ६ जनाको पहिचान खुल्यो (अपडेट)

रुपन्देही, भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा भएको यात्रुबाहक बस दुर्घटनामा परी ज्यान गुमाएका ९ जना मध्ये ६ जनाको पहिचाल खुलेको छ । रुपन्देही प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीय बिष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल, ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे, रौतहटका २० वर्षीय दिनेश दास, भारत जनकपुरग्राम बस्ने ४० वर्षीय अरबिन्द्र शर्मा र तिलोत्तमा नगरपालिका –८ की ३७ वर्षीया तुल्सी बस्यालको पहिचान भएको हो । अन्य तीन जनाको भने पहिचान खुल्न सकेको छैन ।
जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको थियो । दुर्घटनामा २४ जना घाइते भएका छन् । जसमध्ये १६ जनाको अवस्था गम्भीर छ भने ८ जनाको अवस्था मध्यम रहेको रुपन्देही प्रहरीले जनाएको छ । बसमा ३३ जना सवार रहेको बुझिएको छ ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!