Shittalpati
सिद्धबाबा क्षेत्रमा गुडिरहेको जिपमा माथिबाट ढुंगा खसेर लाग्दा एकको मृत्यु, एक घाइते

पाल्पा, सिद्धबाबा क्षेत्रमा गुडिरहेको लु २ च ७३८७ नम्बरको जिपमा माथिबाट ढुंगा खसेर लाग्दा एकको मृत्यु भएको छ । सोमबार बेलुका सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३,माथिल्लो सिद्धबाबा मन्दिर नजिकै अचानक माथिल्लो भागबाट ढुंगा खसेर च्याप्दा सह–चालक स्याङजा वालिङ नगरपालिका–११ का २३ वर्षीय आशिष खाँडको मृत्यु भएको हो ।

घाइते भएका खाँडको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । चालक स्याङ्जाको चापाकोट नगरपालिका–५ का डिलु थापा भने घाइते भएका छन् । उनको अवस्था सामन्य रहेको जनाइएको छ । पाल्पाबाट बुटवलतर्फ गइरहेको सिंगल क्याब जिपमा अचानक ढुंगा खस्दा उनीहरु घाइते भएका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update