Shittalpati
गुल्मीमा गाई  काटेको आरोपमा दुई व्यक्ति पक्राउ

गुल्मी, गुल्मीमा गाई काटेर मासु खाएको आरोपमा २ जना पुरुष पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा न १ लिलिङ्गका २४ वार्षिय रमेश श्रीस र २२ वार्षिय बिमल घर्तीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । सोही वडाकी स्थानीय हिरा पुनले २२ दिन अघि पाल्न गाई किनेर घर ल्याएकी थिइन् । पुनको गोठमा बाधिएको गाई दुईजना मिलेर जङ्गलमा ल्याइ काटेर खाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले जानाकारी दिए ।

गाईको मासु काटेर घर–घरमा लगेको र टाउको ,छाला गाडेर छाडेको अवस्थामा फेला पारिएको डिएसपी पाण्डेले बताए । घटनामा संलग्न थप मानिसहरु खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । केही दिन अघि गुल्मीको मालिका गाउँपालिका –२ पाटाखर्कमा पनि एक हल गोरु घनको प्रयोगमा मारी काटेर पित्त झिकेको आरोपमा एक जना युवा सहित ३ जना नाबालकलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update