Shittalpati
तानसेनमा भएको जिप दुर्घटनामा परी दुईको मृत्यु

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका ७ काजीपौवास्थित भित्री कच्ची सडक खण्डमा खुशी फ्रेस हाउसमा कुखुरा राखी तानसेन बसपार्कतर्फ आउदै गरेको लु २ च ६३२ नं. को पिक अप जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी चालक बगनासकाली गाउँपालिका ५ का २० वर्षीय बिजय खाम्चा र रिब्दीकोट गाउँपालिका ४ का २७ वर्षीय राज थापाको उपचारका क्रममा युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । सोमबार राती साढे १२ बजेको समयमा जिप अचानक सडकदेखि २० मिटर तल खस्न पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update