Shittalpati
सिद्धार्थ राजमार्गको जोरधारामा दुई मोटरसाईकल एकआपसमा ठोक्किए

पाल्पा/ दोभानबाट तानसेनतर्फ आउँदै गरेको ना ४४ प ५३७ नम्बरको मोटरसाईकल र आर्यभञ्ज्याङबाट बुटवलतर्फ जाँदै गरेको लु ४७ प ३८९३ नम्बरको मोटरसाईकल बिहान ९ बजेको समयमा एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मोटरसाईकल एकआपसमा ठोक्किँदा पाल्पा जिल्ला बगनासकाली ३ का २३ वर्षीय बिक्रम थापा घाईते भएका छन् । घाईतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुवै मोटरसाईकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०७७  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update