Shittalpati
खोलामा खसेका युवकको शव फेला

वालिङ । वालिङ नगरपालिका –५लसुनेस्थित पक्की पुलबाट मिर्दीखोलामा खसेर गए राति बेपत्ता भएका एक युवकको शव फेला परेको छ । अन्दाजी २२ वर्षीय लोकबहादुर थापा दमाईंको शव वालिङ–६ ढलेको स्वामीस्थित खोलाको किनारमा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । ती युवक रुपन्देही जिल्ला घर भई हाल वालिङ–७ केवरेस्थित भिनाजुको घरमा बस्दै आएका बताइएको छ । -रासस

प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update