Shittalpati
पहिरोका कारण पाल्पामा इन्टरनेट सेवा अवरुद्ध

पाल्पा । पहिरोका कारण पाल्पामा इन्टरनेट सेवा अवरुद्ध भएको छ । शुक्रबार राती परेको अविरल वर्षाका कारण तिनाउ गाउँपालिकाको दोभान जंगल क्षेत्रमा गएको पहिरोले अप्टिकल फाइवरमा क्षति पुग्न गएकाले जिल्लाको इन्टरनेट सेवा अवरुद्ध बनेको हो । निरन्तर वर्षात्का कारण जिल्लाका ठाउँ –ठाउँमा गएको पहिरोका कारण विद्युत सेवा समेत अवरुद्ध बनेको छ । विद्युत र इन्टरनेट सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

पहिरोका कारण बुटवलदेखि पाल्पा जोड्ने अप्टिकल फाइवरमा क्षति पुगेपछि नेटवर्क र इन्टरनेटसेवामा अवरोध आएको टेलिकम पाल्पाले एक सूचना जारी गरी जनाएको छ । अप्टिकल फाइवर मर्मतको काम भइरहेकाले छिट्टै नै सेवा सञ्चालनमा सहज हुने टेलिकमले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update