जिल्ला भलिबल संघ पाल्पामा नयाँ नेतृत्व
प्रबिधि
विदेशी पर्यटकका लागि एनसेलको नयाँ योजना ‘टुरिस्ट सिम’

काठमाडौं (एजेन्सी), विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ लिन सक्नेछन् । यो योजना भ्रमण वर्ष २०२० को अवसरमा बुधबारबाट सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाइम र डेटा बण्डलि· गरिएको प्याकहरु लिन सक्छन् । नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहित एक सय रुपैयाँमा टुरिष्ट सिमसहितको स्टार्टर प्याक लिन सक्छन् ।
यो प्याकमा पर्यटकले ३० रुपैयाँको मेन ब्यालेन्स र तीनदिन समयावधि भएको १ जीबी डेटा पाउँछन् । यो सिममा पे एज यु यो रेट भने लागु नहुने जनाउँदै पर्यटकहरुले आफ्नो नेपालको बसाइ र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीन देखि तीस दिनसम्म समयसीमा रहेका विभिन्न पाँच प्याकमध्ये कुनै एक प्याक लिन सक्ने कम्पनीले जनाएको छ । पर्यटकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएका कम्बो प्याकहरुमा तीन दिने प्याकको कर सहित २ सय ९० रुपैयाँ पर्दछ र यसमा ३० मिनेट अल नेटर्वक भ्वाईस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ ।
७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाईस रहेको ७ दिने प्याकको कर सहित ४ सय ९० रुपैयाँ तोकिएको छ भने कर सहित ९ सय ८० रुपैयाँ पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १ सय ४० मिनेट अल नेटवर्क भ्वाईस बण्डल गरिएको प्याकलिन सक्छन् । अलिलामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक वा ३० दिने कम्बो प्याकलिन सक्छन् । २८ दिने प्याक अन्तर्गत पर्यटकले कर सहित १ हजार ४ सय ७० रुपैयाँमा २८ जिबी डेटा र २ सय ८० मिनेट अल नेटवर्क भ्वाईस सेवा प्राप्त गर्नेछन् । त्यसैगरी ३० दिने प्याक अन्तर्गत कर सहित २ हजार ८ सय ८८ रुपैयाँमा ८८ जिबी डेटा र ८ सय ८८ मिनेट अल नेटवर्क भ्वाईस सेवा पाउनेछन् ।
पर्यटकले ‘टुरिष्ट सिम’ योजनाको कम्बो प्याक सिम लिएपछि एस्ट्रिक्स१७१०५Þयास डायल गरी प्राप्त निर्देशन अनुसार गर्न सक्नेछन् । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागि अल नेटवर्क टक टाइम रहेको भ्वाइस र डेटा सेवा बण्डल गरी नयाँ ‘टुरिष्ट सिम’ योजना सञ्चालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।
थप समाचार
विचार
Follow Us
View our latest news on any of these social networks!