Shittalpati
बीपीको सपना : कविता

रमा पन्त
तानसेन, पाल्पा

सुम्निमा ए नलगाऊ चस्मा दोषी हौली हिटलरलाई सम्झेर
बीपी ज्युको लामो छ आयु मोदी आइन् तीन घुम्टी काटेर ।

सानैदेखि पढाइ लेखाइ भारतमा गरे
भारत छोड आन्दोलनमा जेल पनि परे ।

गान्धीबाट प्रभावित भए बीपी पैले
नेपालीलाई केहि गर्न सोचिरन्थे जैले ।

हिटलर र यहुदि हिडे बाबुआमा छोरालाई खोजन
नरेन्द्र दाइ लौ कता लागे मोदी आइन् तीन घुम्टी काटेर ।

जहाँ जति बस्दा पनि देशको नाम जप्थे
राष्ट्रियता समाजवाद प्रजातन्त्र भन्थे ।

तानासाहि शासनको विरोध गरे पैल्हे
त्यसैले त स्वतन्त्र भा छौ सबै हामी ऐले ।

स्वेद भैरबि नलगाऊ चस्मा दोषी हौली हिटलरलाई सम्झेर
बीपी ज्यू को लामो छ आयु मोदी आइन् तीन घुम्टी काटेर ।

सात सालको जनक्रान्तिका नायक यिनै थिए
आधुनिक नेपालको गृहमन्त्री भए ।

३३ सालमा मेलमिलापको नीति लिइ स्वदेश
त्यागि आए निर्वासित जीवन बसेनन् ति विदेश ।

प्रजातन्त्र ल्याउनु भयो अदालतमा बयान लेखेर
कयौ पटक जेल जीवन बित्यो श्वतन्त्रताको सपना देखेर।

राष्ट्रियता, प्रजातन्त्र, समाजवादको नारा
यै हो हाम्रो मुलमन्त्र भनि लागे सारा ।

पन्चे कम्युनिष्टहरुले यिनको घोर विरोध गर्थे
अधिनायकवादको राजनीतिमा जनतालाई छल्थे ।

स्वतन्त्रता विधिको शासन प्रजातन्त्र बीपीको कल्पना
जनता जागे संघर्ष गरन पुरा गरे बीपीको सपना ।

आज कता अलमल पर्‍यो काँग्रेसजन किन
कुर्सीमोह बढि हुँदा गर्छ लेनदेन ।

भुलिसक्यो काँग्रेसले बीपीवाद के हो
त्यसैले त हामी सबै अब जाग्नु पर्‍यो ।

देशको लागि एकजुट होऔ राष्ट्रियता जोगाउने कामना
भट्किएको मनलाई बाधेर पुरा गरौ बीपीको सपना ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update