Shittalpati
पाल्पामा एकै दिन १ सय ४० संक्रमितले कोरोना जिते
पाल्पामा एकै दिन १ सय ४० संक्रमितले कोरोना जिते जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । सोमबार मात्र जिल्लामा १ सय ४० जना संक्रमितले कोरोना जितेका छन् ।
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द जिल्लाको माथागढी गाउँपालिका ७ मा रहेको रहवास स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।
पाल्पामा आइतबार थप ७१ जना संक्रमितले कोरोना जिते
पाल्पामा आइतबार थप ७१ जना संक्रमितले कोरोना जिते जिल्लामा पछिल्लो २४ घण्टामा ७१ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३० जना महिला र ४१ जना पुरुषले कोरोना जितेका हुन् ।
पाल्पामा स्वास्थ्य सामग्री पठाउन अमेरिकामा सहयोग
पाल्पामा स्वास्थ्य सामग्री पठाउन अमेरिकामा सहयोग पाल्पामा स्वास्थ्य सामग्री पठाउन अमेरिकामा सहयोग अभियान सञ्चालन भएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि रोजगारको शिलशिलामा अमेरिका बस्दै आएका पाल्पालीहरुले स्वास्थ्य सामग्रीाका लागि आर्थिक संकलन अभियान अगाडि बढाएका हुन् ।
गुल्मीमा आइतबार ९ जना कोरोना संक्रमितको मृत्यु
गुल्मीमा आइतबार ९ जना कोरोना संक्रमितको मृत्यु गुल्मीमा पनि कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । यहाँ आइतबार मात्र ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका रेसुङ्ग नगरपालिकाका चार जना संक्रमित सहित जिल्लाका विभिन्न ठाउँका ९ जना संक्रमितको मृत्यु भएको हो ।
पाल्पामा कोरोना निको हुने बढ्दै, एकैदिन १ सय ९ जना संक्रमित डिस्चार्ज
पाल्पामा कोरोना निको हुने बढ्दै, एकैदिन १ सय ९ जना संक्रमित डिस्चार्ज जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । शनिबार मात्र जिल्लामा १ सय ९ जना संक्रमितले कोरोना जितेका छन् ।
गुल्मी काँग्रेसले गर्‍यो ५० सिलिण्डर अक्सिजन सहयोग
गुल्मी काँग्रेसले गर्‍यो ५० सिलिण्डर अक्सिजन सहयोग जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि अक्सिजन अभाव हुन थालेको छ । अक्सिजन अभावका कारण अस्पतालमा विरामीहरु छट्पटाई रहेका बेला नेपाली काँग्रेस गुल्मीले भने जिल्ला अस्पताल तम्घासलाई ५० सिलिण्डर अक्सिजन प्रदान गरेको छ । सभापति भुवनप्रसाद श्रेष्ठले अस्पतालका मेसु डाक्टर उत्तम पच्यालाई शुक्रबार अक्सिजन हस्तान्तरण गरेका हुन् । अ
पाल्पामा शुक्रबार थपिए १ सय २९ नयाँ संक्रमित
पाल्पामा शुक्रबार थपिए १ सय २९ नयाँ संक्रमित जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १सय ४ र एन्टिजेन परीक्षणमा २५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाल्पामा एकैदिन ६ जना संक्रमितको मृत्यु
पाल्पामा एकैदिन ६ जना संक्रमितको मृत्यु जिल्लामा एकै दिन ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसन र अस्पतालमा उपचार गराएका संक्रमितको बिहीबार मृत्यु भएको हो । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार गराइरहेका दुई जना र होम आइसोलेसनमा चार जना संक्रमितको मृत्यु भएको जनाइएको छ ।
पाल्पामा बिहीबार ६२ जना कोरोना संक्रमित निको हुँदा ८४ जनामा संक्रमण
पाल्पामा बिहीबार ६२ जना कोरोना संक्रमित निको हुँदा ८४ जनामा संक्रमण जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने बढेका छन् । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक बढेको देखिन्छ । बिहीबार जिल्लाका थप ६२ जना संक्रमितले कोरोना जित्दा ८४ जनामा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १५ जना महिला...
माथागढीका १ सय ३४ संक्रमितले कोरोना जिते
माथागढीका १ सय ३४ संक्रमितले कोरोना जिते माथागढी गाउँपालिकाका १ सय ३४ संक्रमितले कोरोना जितेका छन् । २ सय २२ संक्रमित मध्ये गाउँपालिकाका १ सय ३४ संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पाका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री
पाल्पाका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री कोभिड–१९ को जोखिम बढिरहेका बेला अग्रपङ्तिमा रहेर खटिने जिल्लाका पत्रकारहरुलाई न्यूनतम स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । जिल्लाका विभिन्न स्थानीय सरकारहरुबाट प्राप्त स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ पाल्पा शाखाले वितरण गरेको हो ।
Weather Update