पाल्पामा आइतबार थप ६० कोरोना संक्रमित निको भए, १ सय ५ जनामा संक्रमण
आइतबार, जेठ २३, २०७८
पाल्पामा शनिबार ८० संक्रमितले कोरोना जिते, ५० जनामा संक्रमण
शनिबार, जेठ २२, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा थप ८० संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका ८० जना संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पा कोरोना अपडेट : शुक्रबार ६४ संक्रमित कोरोनामुक्त, ३३ जनामा संक्रमण
शुक्रबार, जेठ २१, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा थप ६४ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका ६४ जना संक्रमित कोरोनामुक्त भएको जनाइएको छ ।
पाल्पा कोरोना अपडेट : विहीबार थप १ सय ५० संक्रमित कोरोनामुक्त, ९ जनामा संक्रमण
बिहीबार, जेठ २०, २०७८
जिल्लामा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ भने, जित्नेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । यहाँ विहीबार मात्र ९ जनामा संक्रमण पुष्टि हुँदा १ सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन् ।
गुल्मीको सरकारी अस्पताललाई स्वास्थ्य सामग्री
बिहीबार, जेठ २०, २०७८
जिल्लाको सदरमुकाम तम्घासमा रहेको सरकारी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । रेसुङ्गा नगरपालिका ४ स्थायी घर भइ हाल इङ्ल्याण्डमा रहेकी सीता थापाले स्व.पति भोजेन्द्र बिक्रम थापा र स्व.छोरा राम थापाको सम्झनामा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी हुन् ।
नेपालमा पनि कालो ढुसीका बिरामी
बिहीबार, जेठ २०, २०७८
नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामी भेटिएका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ ।
स्वास्थ्य सामग्री लिएर कारागार पुगिन् महिला नेतृ पन्थी
बुधबार, जेठ १९, २०७८
नेपाल महिला संघ पाल्पाकी उपाध्यक्ष,महिला नेतृ तथा सामाजिक व्यक्तित्व मिना पन्थी स्वास्थ्य सामग्री लिएर पाल्पा कारागार पुगेकी छन् । कोरोना संक्रमणका बेला जिल्लाका संक्रमितहरुलाई स्वास्थ्य सुरक्षा र पौष्टिक आहार सहयोग गर्दै आएकी पन्थी बुधबार स्वास्थ्य सुरक्षा सामग्री लिएर कारागार पुगेकी हुन् ।
पाल्पामा संक्रमित घट्दै, निको हुने बढ्दै
बुधबार, जेठ १९, २०७८
कोरोना महामारीको ‘हटस्पट’ बनेको पाल्पामा पछिल्लो केही दिन यता कोरोना निको हुने संख्या बढ्दै गएको छ,भने संक्रमितको संख्या घट्दै गएको छ । वैशाखको पहिलो साता पिसिआर परीक्षण गरेकामध्ये ८० प्रतिशत संक्रमण देखिएको थियो ।
पत्रकार महासंघ पाल्पालाई स्वास्थ्य सामग्री
मंगलबार, जेठ १८, २०७८
नेपाल पत्रकार महासंघ पाल्पालाई अमेरीकामा रहेका नेपालीहरुको संस्था टेक्सस नेप्लीज मेडिकल एसोसियसनले पठाएको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
महिला नेतृ पन्थीद्वारा स्वास्थ्य सामग्री र पौष्टिक आहार सहयोग
मंगलबार, जेठ १८, २०७८
महिला नेतृ तथा सामाजिक व्यक्तित्व मिना पन्थीले स्वास्थ्य सामग्री र पौष्टिक आहार सहयोग गरेकी छन् । उनले जिल्लाका स्थानीय तहमा रहेका कोरोना संक्रमितहरुका लागि स्वास्थ्य सामग्री र पौष्टिक आहार सहयोग गरेकी हुन् ।
पाल्पा कोरोना अपडेट : मंगलबार थप १ सय ५५ संक्रमित कोरोनामुक्त
मंगलबार, जेठ १८, २०७८
जिल्लामा पछिल्ला दिनहरुमा कोरोना जित्नेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । यहाँ मंगलबार मात्र जिल्लामा १ सय ५५ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
कोरोना जितेका पन्थीले भने ‘पुनर्जीवन पाएको अनुभूती गरेको छु’
सोमबार, जेठ १७, २०७८
नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी झण्डै एक महिनाको होम आइसोलेसनको बसाईपछि कोरोनामुक्त भएका छन्। विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस संक्रमणबाट पन्थी पनि अछुतो रहेनन् ।
पाल्पा कोरोना अपडेट : सोमबार थप १ सय ८८ संक्रमितले कोरोना जिते
सोमबार, जेठ १७, २०७८
जिल्लामा पछिल्ला दिनहरुमा कोरोना जित्नेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । यहाँ कोरोना संक्रमितको संख्या घट्दै गएको र निको हुनेको संख्यामा दैनिक रुपमा वृद्धि भएको हो ।


