Shittalpati
गुल्मीमा आए प्रहरी प्रमुखको रुपमा दाहाल
गुल्मीमा आए प्रहरी प्रमुखको रुपमा दाहाल गुल्मीमा प्रहरी प्रमुखको रुपमा भिमबहादुर दाहाल आएका छन् । उनी प्रहरी प्रमुखको रुपमा जिल्ला आएसँगै पत्रकारहरुसँग भेटघाट गरेका छन् । सोमबार प्रहरी उपरीक्षक दाहाल र पत्रकारहरुबिच परिचयात्मक कार्यक्रम तथा भेटघाट भएको हो ।
गुल्मीदरबारमा स्वास्थ्य चौकी र लिफ्ट खानेपानीको उद्घाटन
गुल्मीदरबारमा स्वास्थ्य चौकी र लिफ्ट खानेपानीको उद्घाटन संविधान सभा सदस्य एवम् नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारीले गुल्मीदरबार गाउँपालिका वडा नं. ५ अमरअर्वाथोक स्वास्थ्य चौकीको नवनिर्मित भवन र बढ्वा खोला लिफ्ट खानेपानीको उद्घाटन गरेका छन् । २०७७ पौष ६ गते निर्माण सुरु भएको स्वास्थ्य चौकी २०७८ फागुन १५ गते निर्माण कार्य सम्पन्न भएको अमरअर्वाथोक स्वास्थ्य चौकी र आ.व.२०७५/०७६...
इस्माको तिजुखर्क दरिनढुङ्गा लिफ्टिङ्ग खानेपानीको उद्घाटन
इस्माको तिजुखर्क दरिनढुङ्गा लिफ्टिङ्ग खानेपानीको उद्घाटन तिजुखर्क दरिनढुङ्गा लिफ्टिङ खानेपानीको लिफ्ट परीक्षण इस्मा गाउँपालिका ५ रजस्थलमा उद्घाटन गरिएको छ । नेपाली कांँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले एक औपचारिक कार्यक्रमकाबिच खानेपानीको उद्घाटन गरेका हुन । खानेपानीको उद्घाटन गर्दै सभापति पन्थीले सरकार परिवर्तन हँुदा खानेपानी जस्ता अत्यावश्यक आयोजनाहरुमा असर पुर्‍याएको बताए ।
तानसेनमा बस्यो नेपाल प्रेस युनियनको बैठक
तानसेनमा बस्यो नेपाल प्रेस युनियनको बैठक नेपाल प्रेस युनियन पाल्पाको बैठक बसेको छ । आसन्न स्थानीय चुनाव र युनियनको केन्द्रीय महाधिवेशनका विषयमा छलफल गर्न शनिबार तानसेनमा युनियनको बैंठक बसेको हो । बैंठकले आसन्न स्थानीय तहको निर्वाचनका लागि युनिनको कार्यालयमा न्यूज डेस्क खडा गरी समाचार सम्प्रेषण गर्ने निर्णय गरेको छ ।
आदिवासी जनजाती संघ रिब्दीकोटको अधिवेशन
आदिवासी जनजाती संघ रिब्दीकोटको अधिवेशन नेपाली काँग्रेसको भातृसंस्था नेपाल आदिवासी जनजाती संघ रिब्दीकोटको अधिवेशन भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच संघको प्रथम अधिवेशन भएको हो । अधिवेशनको नेपाली काँग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले उद्घाटन गरेका हुन् ।
स्थानीय तह निर्वाचनका लागि पाल्पामा १४ दल दर्ता
स्थानीय तह निर्वाचनका लागि पाल्पामा १४ दल दर्ता पाल्पामा स्थानीय तहको निर्वाचनका लागि १४ वटा दल दर्ता भएका छन् । जिल्लामा क्रियाशील मुख्य पाँच दलसहित १४ दल दर्ता भएका हुन् । नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा...
रिब्दीकोट गाउँ सरकारको आफ्नै भवन निर्माण
रिब्दीकोट गाउँ सरकारको आफ्नै भवन निर्माण जिल्लाको रिब्दीकोट गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण भएको छ । १ करोड ८७ लाख लागतमा सभाहल सहितको भवन निर्माण भएको हो । साँघुरो भवनबाट सेवाप्रवाह हुँदै आएको कार्यालयको अहिले आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको छ । साढे दुई तला रहेको भवनमा दुई सभाहल सहित १५ वटा कोठा रहेका छन् ।...
पाल्पामा बढ्दै चुनावी दौडधुप
पाल्पामा बढ्दै चुनावी दौडधुप आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा माहोल बनाउन जिल्लाका राजनीतिक दलहरु सक्रिय भएका छन् । विभिन्न दलका नेताहरू आ–आफ्नो पार्टीको पक्षमा जनमत बलियो बनाउन दौडधुप गरिरहेका हुन् । सत्ता गठबन्धनका दलहरू, नेकपा एमाले र अन्य दल आफ्नै किसिमले चुनावी अभियानमा लागेका छन् । एमालेले...
पाल्पा र गुल्मीका स्थानीय तहमा ४ लाख २३ हजार ९ सय मतदाता
पाल्पा र गुल्मीका स्थानीय तहमा ४ लाख २३ हजार ९ सय मतदाता पाल्पा र गुल्मीका स्थानीय तहमा ४ लाख २३ हजार ९ सय ६६ मतदाता रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पाल्पा र गुल्मीमा आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि ४ लाख २३ हजार ९ सय ६६ मतदाता कायम गरिएको हो । आयोगले आइतबार अन्तिम मतदाता...
पाल्पा र गुल्मीमा पनि तोकिए निर्वाचन अधिकृत
पाल्पा र गुल्मीमा पनि तोकिए निर्वाचन अधिकृत वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाल्पा, गुल्मी सहित देशैभरका विभिन्न स्थानमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६ सय ७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले पाल्पाका १०...
रैनादेवी छहरा गाउँ सरकार आफ्नै भवनमा
रैनादेवी छहरा गाउँ सरकार आफ्नै भवनमा जिल्लाको रैनादेवी छहरा गाउँ सरकारले आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ । गाउँ सरकारले ३ करोड २० लाख ६० हजार ५ सय ३६ रुपैयाँ लागतमा सभाहल सहितको अत्याधुनिक आफ्नै भवन निर्माण गरि सेवा दिन थालेको हो ।
तिनाउ गाउँ सरकारले सक्यो ४० प्रतिशत योजना
तिनाउ गाउँ सरकारले सक्यो ४० प्रतिशत योजना जिल्लाको तिनाउ गाउँपालिकाले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सम्झौता भएका ४० प्रतिशत योजना सकेको जनाएको छ । गाउँपालिकाले सम्झौता भएका २ सय ९४ योजना मध्ये १ सय १६ वटा योजना सम्पन्न भई फरफारक भईसकेको सार्वजनिक सुनुवाईमा जनाएको हो ।
Weather Update