Shittalpati
वडावासीको सहजताका लागि एउटै वडाको सेवा दुई ठाउँबाट
वडावासीको सहजताका लागि एउटै वडाको सेवा दुई ठाउँबाट स्याङ्जाको भिरकोट नगरपालिका–८ को वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ । भौगोलिक विकटता र जनसंख्याका दृष्टिले नगरपालिका ठूलो भएपछि वडावासीको सहजताका लागि दुई ठाउँबाट सेवा दिँदै आइएको हो ।
पूर्वखोला गाउँपालिकामा सार्वजनिक सुनुवाइ, जनताका गुनासा सम्बोधन गर्ने प्रतिवद्धता
पूर्वखोला गाउँपालिकामा सार्वजनिक सुनुवाइ, जनताका गुनासा सम्बोधन गर्ने प्रतिवद्धता जिल्लाको पूर्वखोला गाउँपालिकाको चालु आर्थिक बर्षको प्रथम चौमासिक भित्र भएका कार्यक्रम, गतिविधि तथा आम्दानी खर्च सार्वजनिक गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले श्रावणदेखी कार्तिकसम्म भएका कार्य प्रगती विवरण सार्वजनिक गरी जनतासँग राय सुझाव तथा गुनासाहरु संकलन गरी सम्वोधन गर्ने प्रतिवद्धता जनाएको छ ।
वालिङका सबै घरमा नम्बर प्लेट टाँसिने
वालिङका सबै घरमा नम्बर प्लेट टाँसिने स्मार्ट सिटीको अवधारणा अनुसार अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने अभियान थालेको छ । नगरपालिकाको ‘सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम’ अन्तर्गत घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको हो ।
रामपुरमा स्तनपान कक्षले महिला कर्मचारीलाई सहज
रामपुरमा स्तनपान कक्षले महिला कर्मचारीलाई सहज रामपुर नगरपालिकाभित्र रहेको स्तनपान कक्ष प्रभावकारी बनेको छ । यहाँका महिला कर्मचारी र सेवाग्राहीको सहजताका लागि कार्यालयभित्र स्तनपान कक्ष राखिएको छ । स्तनपान कक्षको सुविधा भएसँगै बच्चालाई कार्यालयमा नै ल्याएर स्तनपान गराउन धेरै सजिलो भएको पञ्जीकरण शाखाका फिल्ड सहायक सिम्पल रानाले बताइन् ।
रामपुर नगरपालिकाले गर्‍यो लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण
रामपुर नगरपालिकाले गर्‍यो लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण रामपुरमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण भएको छ । रामपुर नगरपालिकाले सञ्चालन गरेका योजना, सेवा प्रवाह लगायत विभिन्न ५ वटा सूचकमा रही एक कार्यक्रमका बीच परीक्षण गरिएको हो । 
स्थानीय सरकारका बालमैत्री कार्यक्रम : करोडौं खर्च, उपलब्धि न्यून
स्थानीय सरकारका बालमैत्री कार्यक्रम : करोडौं खर्च, उपलब्धि न्यून पाल्पाका स्थानीय तहले बालबालिकाहरुको क्षेत्रमा उल्लेखनीय काम गरेको दावी गर्दै आएपनि न बालविवाह रोकिएको छ, न बालश्रम नै । कानूनमा बालविवाह र बालश्रम गर्न/गराउन नपाइने उल्लेख भएपनि व्यवहारमा भने कार्यान्वयन हुन सकेको छैन ।
रामपुरका टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
रामपुरका टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण जिल्लाको रामपुर नगरपालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । नगरपालिकाले हरेक नागरिकको सहजताको लागि टोल र वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।
  पाल्पामा स्थानीय तहका कर्मचारी काम रोकेर धर्नामा
  पाल्पामा स्थानीय तहका कर्मचारी काम रोकेर धर्नामा पाल्पामा १० वटै स्थानीय तहका कर्मचारीहरु काम रोकेर धर्नामा बसेका छन् । संघीय निजामती विधेयकमा आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।  
पाल्पा र गुल्मीका उपप्रमुख, उपाध्यक्षहरुबिच अन्तर्क्रिया
पाल्पा र गुल्मीका उपप्रमुख, उपाध्यक्षहरुबिच अन्तर्क्रिया पाल्पा र गुल्मीका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुबिच  पाल्पाको रामपुरमा अन्तर्क्रिया भएको छ । प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेश र रामपुर नगरपालिकाको आयोजना, सुशासनका लागि क्षमता विकास कार्यक्रमको प्राविधिक सहयोगमा ‘अभ्यास समूह’ अन्तर्क्रिया भएको हो ।
बालमैत्री गाउँपालिका बन्ने बाटोमा तिनाउ
बालमैत्री गाउँपालिका बन्ने बाटोमा तिनाउ जिल्लाको तिनाउ गाउँपालिकाले बालमैत्री पालिका घोषणा गर्ने बाटोमा अगाडि बढेको छ । पालिकाले आगामी ३ बर्ष भित्र  बालमैत्री गाउँपालिका घोषणा गर्ने गरी अगाडि बढेको हो ।
सडक सुरक्षाका लागि सडक छेउछाउका रुख काट्दै रामपुर नगर सरकार
सडक सुरक्षाका लागि सडक छेउछाउका रुख काट्दै रामपुर नगर सरकार जिल्लाको रामपुर नगर सरकारले सडक सुुरक्षाका लागि सडक दायाँ–बायाँ रहेका रुख , विरुवा कटानी–छटानी गर्न लागेको छ ।  नगर सरकारले  नगर प्रमुख रमण बहादुर थापाको नेतृत्वमा शनिबारदेखि नगर भित्रका सडकको छेउ–छाउका रुख, विरुवा फडानी गर्ने अभियान सुरु गरेको हो ।
Weather Update