Shittalpati
गुल्मीको कालीगण्डकीमा ‘एक घर, एक धारा’ अभियान तीव्र, चालु आर्थिक वर्षलाई खानेपानी वर्ष मनाउँदै
undefined

गुल्मी,(पूर्तिघाट) । जिल्लाको कालीगण्डकी गाउँपालिकाले गाउँपालिकाभित्र एक घर, एक धारा अभियानलाई तीव्र पारेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा एक घर, एक धारा अभियान सञ्चालन गर्ने उल्लेख गरिएअनुरुप चालू आर्थिक वर्षमा यहाँका घर–घरमा धारा पुर्‍याउने लक्ष्यका साथ काम अघि बढाइएको हो । चालु आर्थिक वर्षलाई खानेपानी वर्षका रुपमा विकास गर्ने योजना अनुसार यो वर्ष गाउँ सरकारको बजेटको ६० प्रतिशत भन्दा धेरै बजेट एक घर एक धारा अन्र्तगत खर्च गर्ने अभियानका साथ काम शुरु गरिएको गाउँपालिकाले जनाएको छ । गाउँ सरकारको विकास बजेट ८ करोड ३३ लाख मध्ये ५ करोड बढी बजेटको लागतमा गाउँपालिकाका वडाहरुमा एक घर एक धारा योजना उपभोक्ता समितिमार्फत निर्माण हुन लागेकाले यो बर्षलाई खानेपानी विकास बर्षका रुपमा अभियान थालिएको गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापाले बताए । अध्यक्ष थापाले भने ‘पूर्वाधार विकासका कार्यक्रम अन्र्तगत वडा नं १ हर्मिचौरको दिहिड्ढका ५० घर परिवारहरु, गिदुवाका १ सय दश घर लाभान्वित हुने गरी १ करोड ५० लाख लागतमा एक घर एकधारा अन्र्तगतका योजनाहरु सम्पन्न हुन लागेका छन् ।

वडा २ अर्वेनीको मालारानी खानेपानी योजना अन्र्तगत अर्वेनीको दमौखानी टोलका ६८ घर परिवारलाई ६० लाखको लगानीमा एक घर एक धारा कार्यक्रमले ४ सय पचाँस जना लाभान्वित हुने छन् ।’ गाउँपालिकाले यो वर्ष एक घर एक धारा कार्यक्रम अन्र्तगत अत्यन्त प्रभावशाली काम गरेकाले यस्तो कार्य सबै स्थानीयतहले गर्नुपर्ने स्थानीय समाजसेवी तथा नेपाली काँग्रेस अर्वेनीका सभापति रामप्रसाद न्यौपानेले बताए । यसै गरी ५० लाख बराबरको लागतमा र खड्गकोटको लुड्ढखानी खानेपानी आयोजना र वडा ४ को वकेड्ढ, लर्पतड्ढ, छहादी, तल्लोडाँडा, उपल्लोडाँडाका २ सय ९८ घरपरिवारलाई समेत एक घर एकधारा, कार्यक्रमका लागि १ करोड २० लाखको वजेट विनियोजन गरिएको छ । यो योजना सम्पन्न भएपछि यस क्षेत्रका जनतामा देखिएको खानेपानी समस्या समाधान गर्न सहज हुने छ । योजनाले वर्षौदेखि खानेपानीको समस्या खेपी रहेका जनता लाभान्वित हुने छन् । गाउँपालिकाका उपाध्यक्ष तारा थापाले खानेपानी अभावका कारण यहाँका महिलाहरुलाई हुने समस्या समाधानका लागि यो कार्यक्रम प्रभावकारी हुने बताइन् । उनले भनिन् ‘यसबाट महिला तथा बालवालिकालाई सहजता हुने र स्वच्छ खानेपानी उपलब्ध भएको खण्डमा सर्वसाधारणको स्वास्थ्यमा देखा पर्ने समस्या समाधान गर्न सहज हुने छ ।’ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पल्लीले यो वर्षलाई एक घर एक धारा कार्यक्रम अन्र्तगतका योजनाहरु सम्पन्न गर्ने कार्य सरकारले महत्व दिए पछि जनतामा खुसी छाएको बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update