Shittalpati
पाल्पा कोरोना अपडेट : मंगलबार ३५ जना संक्रमित कोरोनामुक्त
पाल्पा कोरोना अपडेट : मंगलबार ३५ जना संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्ला २४ घण्टामा ३५ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
पाल्पा कोरोना अपडेट :  सोमबार १ सय ४८ जना संक्रमितले कोरोना जिते
पाल्पा कोरोना अपडेट : सोमबार १ सय ४८ जना संक्रमितले कोरोना जिते जिल्लामा पछिल्ला २४ घण्टामा १ सय ४८ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय ४८ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ७२ जना महिला र ७६ जना...
पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री
पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री जिल्लामा क्रियाशिल पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री दिइएको छ । बगनासकाली पत्रकार समूहले कोरोना महामारीको अग्रभागमा रहेर काम गर्दै आएका पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री दिएको हो ।
गुल्मीका पहिरोपीडितद्वारा भौगर्भिक अध्ययन गर्न सरकारसँग माग
गुल्मीका पहिरोपीडितद्वारा भौगर्भिक अध्ययन गर्न सरकारसँग माग मनसुन शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएका छन् भने कतिपय ठाउँमा बस्ती नै बस्न नमिल्ने गरी जमिन भासिएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–७ वेदुखर्कमा असार १ गते पहिरो गयो । पहिरोले दुई घरमा ठूलो क्षति गर्‍यो । अझै...
पत्रकारलाई कोरोना खोप लगाउन सर्वोच्चको आदेश
पत्रकारलाई कोरोना खोप लगाउन सर्वोच्चको आदेश सर्वोच्च अदालतले कोभिड–१९ विरुद्धको खोप अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
लुम्बिनी प्रदेशलाई बजेट पास गर्न सकस
लुम्बिनी प्रदेशलाई बजेट पास गर्न सकस जेठ ३० गते बहुमतले नीति तथा कार्यक्रम पारित गरेको लुम्बिनी प्रदेश सरकारलाई अहिले बजेट पास गर्न सकस परेको छ । विपक्षी गठबन्धनको अवरोधका कारण प्रदेश सरकारलाई बजेट पारित गर्न सकस परेको हो ।
पाल्पा कोरोना अपडेट : आइतबार ५३ जना संक्रमितले कोरोना जिते
पाल्पा कोरोना अपडेट : आइतबार ५३ जना संक्रमितले कोरोना जिते जिल्लामा पछिल्ला २४ घण्टामा ५३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५३ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २० जना महिला र ३३ जना पुरुषले कोरोना जितेका छन्...
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउदैछौं : अध्यक्ष भण्डारी
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउदैछौं : अध्यक्ष भण्डारी जिल्लाको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउने तयारीमा रहेको बताएका छन् । रम्भा –१ अर्सेदीमा सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्दै अध्यक्ष भण्डारीले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिएको बताएका हुन् ।
पाल्पा कोरोना अपडेट : शनिबार ७८ जना संक्रमित डिस्चार्ज,२१ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : शनिबार ७८ जना संक्रमित डिस्चार्ज,२१ जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा ७८ जना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ७८ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३२ जना महिला र ४६ जना पुरुषले कोरोना जितेका छन्...
गुल्मी कारागारका कैदीलाई खेलकूद र स्वास्थ्य सामग्री
गुल्मी कारागारका कैदीलाई खेलकूद र स्वास्थ्य सामग्री गुल्मेली समाज जापानका सदस्य इस्मा गाउँपालिका –६ अमरपुर निवासी हाल रोजगारीको सिलसिलामा जापानमा कार्यरत रामचन्द्र कुँवरले स्वर्गीय माता पशुपति कुँवरको सम्झनामा जिल्ला कारागारका कैदीहरुलाई खेलकुद र स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । उनले एक औपचारिक कार्यक्रमका बिच खेलकुद र स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतले सरकारले बजेटमार्फत ल्याएको ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले शुक्रबार सरकारको उक्त योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
Weather Update