सामूहिक बाख्रापालनमा महिलाको अग्रसरता
आइतबार, भदौ १९, २०७९
तानसेनमा दीर्घरोगी र वृद्धवृद्धालाई निः शुल्क स्वास्थ्य सेवा
शनिबार, भदौ १८, २०७९
दिर्घरोगी र वृद्धवृद्धालाई लक्षित गरी तानसेनको बसन्तपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । घर–घर, टोल–टोलमा नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा अभियान अन्र्तगत तानसेन नगरपालिका –३ वडा कार्यालयले कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
रसायनको प्रयोगले केरा उत्पादनमा समस्या
शनिबार, भदौ १८, २०७९
रामपुर नगरपालिका–६ प्याक्लुक बस्ने वृहस्पति अर्यालले तीनवर्ष अघि केरा खेती सुरु गरे । पहिलो वर्ष र दोस्रो वर्षमा केराको उत्पादन राम्रै लिए । तर तेस्रो वर्षमा भने केराको उत्पादन कम भएपछि उनी अहिले चिन्तित छन् । करिब नौ रोपनीमा व्यवसाय गरेका अर्यालले हाल क्षेत्रफल घटाएर चार रोपनीमा मात्रै सीमित बनाएका...
कक्षा १२ को नतिजा सार्वजनिक
शुक्रबार, भदौ १७, २०७९
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२) ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डले शुक्रबार प्रकाशित गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
बगनासकाली गाउँ सरकारका सय दिन : ५० उपलब्धी सार्वजनिक
शुक्रबार, भदौ १७, २०७९
बगनासकाली गाउँपालिकाले एक सय दिनमा भएका कामहरु तथा उपलब्धी सार्वजनिक गरेको छ । एक सय दिनको समयमा निति कार्यक्रम बजेट निर्माणदेखी ऐन नियम कार्यविधी निर्माण गरी सबै किसिमको काम गर्ने वातावरण निर्माण भएको गाउँपालिकाले जनाएको छ ।
सप्त ऋषिको पूजा गरी ऋषि पञ्चमी मनाइयो
शुक्रबार, भदौ १७, २०७९
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी विहीबार नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझी, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दै ऋषि पञ्चमी मनाएका हुन् ।
‘पुस्तक वितरणमा सबैलाई समान गर्छौं ’
बिहीबार, भदौ १६, २०७९
पुस्तक समयमै उपलब्ध गराउन नसकेर आलोचित बन्दै आएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशीक कार्यालय बुटवलका प्रमुख रामविनय श्रेष्ठले पुस्तक वितरणमा सबैलाई समान गर्ने बताएका छन् । पुस्तक वितरणमा जनक शिक्षाले विभेद गरेको व्यवसायीहरुको गुनासो प्रति लक्षित गर्दै श्रेष्ठले आगामी दिनमा वितरण प्रणालीलाई समान गर्ने बताए ।
पाल्पाबाट दुई बोरा अवैध कपडा बरामद
बिहीबार, भदौ १६, २०७९
पाल्पाबाट अवैध दुई बोरा कपडा बरामद गरिएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ पैठेडाँडामा चेकजाँच गर्ने क्रममा प्रहरी चौकी दोभानले विभिन्न प्रकारको दुई बोरा कपडा बरामद गरेको हो ।
पाल्पामा सांसदका आंकाक्षी धेरै, यी नेता छन् उम्मेदवारको चर्चामा
बिहीबार, भदौ १६, २०७९
सरकारले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको मिति मंसिर ४ लाई तोकेसँगै दलहरु उम्मेदवार चयन तथा जित–हारको सम्भावित लेखाजोखामा व्यस्त हुन थालेका छन् । प्रदेश र केन्द्रीय राजनीतिमा जिल्लाको पहिचान बनाएको पाल्पामा पनि सम्भावित उम्मेदवारको चर्चासँगै चुनावी जोड–घटाउ सुरु भएको छ ।
यसरी मनाइँदै छ आज ऋषि पञ्चमी
बिहीबार, भदौ १६, २०७९
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्तऋर्षिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।
पाल्पामा आमा सुरक्षा कार्यक्रम पुनः सञ्चालन
बिहीबार, भदौ १६, २०७९
पाल्पामा निःशुल्क रुपमा आमा सुरक्षा कार्यक्रम लागु भएको छ । २ वर्षदेखि बन्द अवस्थामा रहेको आमा सुरक्षा कार्यक्रम यही भदौ १५ गतेदेपख पुनःसञ्चालनमा आएको हो । तानसेन नगरपालिकाको कार्यालय र लुम्बिनी मेडिकल कलेज बिच आमा सुरक्षा कार्यक्रम सम्झौता भएपछि सुत्केरी हुने गर्भवती महिलाहरुलाई राहत मिल्ने भएको हो ।
पाल्पामा निरन्तर चल्दै ‘जनताको साथमा काँग्रेस’ अभियान
बुधबार, भदौ १५, २०७९
नेपाली काग्रेस पाल्पाले ‘जनताको साथमा काँग्रेस’ अभियान नियमित रुपमा सञ्चालन गर्दै आएको छ । आगामी मंसिर ४ हुने संघ र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर देशव्यापी कार्यक्रम अन्तर्गत नेपाली काँग्रेस पाल्पाले जिल्लाको प्रतिनिधी सभाको २ वटा र प्रदेशसभाको ४ वटै निर्वाचन क्षेत्रमा निरन्तर जनताको साथमा काँग्रेस अभियान कार्यक्रम गर्दै आएको...


