Shittalpati
काँग्रेस महाधिवेशन उद्घाटन समारोह : ओली, दाहाल र नेपाल एउटै मञ्चमा
काँग्रेस महाधिवेशन उद्घाटन समारोह : ओली, दाहाल र नेपाल एउटै मञ्चमा राजनीतिक दलबीचमा मनोमालिन्य बढेका बेला नेपाली काँग्रेसको १४औँ महाधिवेशनले नेपालका वामपन्थी पार्टीका नेतालाई एउटै मञ्चमा उभ्याउने अवसर प्रदान गरेको छ । पछिल्लो समय पानी बाराबारको अवस्थामा रहेका मुलुकका ठूला बामपन्थी दलका नेताहरू आज काँग्रेस महाधिवेशनको उद्घाटन समारोहमा एकै मञ्चमा देखिएका छन् ।
माथागढी गाउँपालिकामा विद्यालयको अनुगमन
माथागढी गाउँपालिकामा विद्यालयको अनुगमन जिल्लाको माथागढी गाउँपालिकाले विद्यालयहरुको अनुगमन गरेको छ । गाउँपालिकाले विद्यालयको गुणस्तरीयता, भौतिक अवस्था, विद्यार्थीहरुको अवस्था लगायतका विषयमा स्थलगत अनुगमन गरेको हो । गाउँपालिकाका प्रवक्ता मधु पराजुली, प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, शिक्षा कार्यक्रम संयोजक अशेष भट्टराई र शिक्षा सम्पर्क व्यक्ति गजेन्द्र पन्थीको टोलीले पालिका भित्रका विद्यालयहरुको अनुगमन गरेको छ ।
‘लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक जुट बनौं’
‘लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक जुट बनौं’ लुम्बिनी प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक जुट हुनुपर्ने बताइन् । उनले सरकार एक्लैले मात्र हिंसा अन्त्य गर्न नसक्ने भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताइन् । माथागढी गाउँपालिकाको दिव्यज्योति नमूना माविमा भएको हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...
भष्ट्रचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुल्मीमा अन्तरक्रिया
भष्ट्रचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुल्मीमा अन्तरक्रिया भष्ट्रचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय र भष्ट्रचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा एक अन्तक्र्रिया कार्यक्रम भएको छ ।
अक्सिजन प्लान्ट निर्माणमा ढिलाई भएपछि सुशासन अभियानले देखायो चासो
अक्सिजन प्लान्ट निर्माणमा ढिलाई भएपछि सुशासन अभियानले देखायो चासो गुल्मी अस्पतालमा खरिद गरिएको अक्सिजन प्लान्टका विषयमा ट्रान्स परेन्सी इन्टरनेश्नलमा आवद्ध संस्था सुशासन अभियानले चासो देखाएको छ । प्लान्ट खरिद गरिएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकिरहेको भन्दै अभियानले चासो देखाएको हो ।
भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाको अध्यक्षमा पुनःकर्माचार्य
भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाको अध्यक्षमा पुनःकर्माचार्य श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाको अध्यक्षमा पुनः सुरेश कुमार कर्माचार्य चयन भएका छन् । संघको तानसेनमा भएको ११ औं साधारण सभा तथा ५ औं अधिवेशनले कर्माचार्यलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
हराएकी महिला खोजिदिन परिवारको आग्रह
हराएकी महिला खोजिदिन परिवारको आग्रह बाग्लुङ जिल्ला बरेङ्ग गाउँपालिका –३ साग्दीकी एक महिला हराएकोले खोजिदिन परिवारले आग्रह गरेको छ । ५२ वर्षीया लोकमाया श्रीस बुधबार घरबाट घाँस काट्न हिडेको र अहिलेसम्म परिवारको सम्पर्कमा नआएकाले खोजिदिन परिवारले सबैमा आग्रह गरेको हो ।
आज भ्रष्टाचारविरुद्धको दिवस
आज भ्रष्टाचारविरुद्धको दिवस भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक बर्ष डिसेम्बर ९ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यो बर्ष पनि कोभिड १९ महामारी कायमै रहेकाले उच्च सर्तकताका साथ यो कार्यक्रम मनाउन लागिएको छ ।
गुल्मीमा चार बालबालिकाको उद्धार
गुल्मीमा चार बालबालिकाको उद्धार गुल्मीमा लामो समयदेखि अभिभावकविहीन चार बालबालिकालाई एसोएस बालग्राम भैरहवाले उद्धार गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा मदाने गाउँपालिकाका दुई र मालिकाका दुई बालबालिकालाई एसओएसले संरक्षण गरेको हो ।
वृज सिमेन्टद्वारा पाल्पाका निर्माणकर्मी पुरस्कृत
वृज सिमेन्टद्वारा पाल्पाका निर्माणकर्मी पुरस्कृत वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले पाल्पाका निर्माणकर्मीहरुलाई पुरस्कृत गरेको छ । कम्पनीले ‘एक्सपर्ट मेसन क्लब’ योजना अन्र्तगत सबै भन्दा धेरै सिमेन्ट प्रयोग गर्ने निर्माणकर्मीलाई पुरस्कृत गरेको हो ।
भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले मनायो ११ औं साधारण सभा
भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले मनायो ११ औं साधारण सभा श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले ११ औं साधारण सभा मनाएको छ । संघले बुधबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सभा मनाएको हो ।
गुल्मीमा सवारी चालकलाई ट्राफिक सचेतना
गुल्मीमा सवारी चालकलाई ट्राफिक सचेतना जिल्ल्लामा सवारी चालकहरुका लागि ट्राफिक सचेतना प्रवद्र्धन सम्बन्धी कार्यक्रम गरिएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको व्यवस्थापनमा तम्घासमा सवारी चालक तथा यातयात व्यवसायीहरुलाई ट्राफिक सचेतना प्रदान गरिएको हो ।
Weather Update