पाल्पामा थपिए ६ नयाँ संक्रमित, ७ जना निको
बुधबार, असोज २०, २०७८
पाल्पा र गुल्मीमा उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत
बुधबार, असोज २०, २०७८
जिल्लामा रहेर उत्कृष्ट काम गरेको भन्दै ६६ औं प्रहरी दिवसको अवसरमा पाल्पा र गुल्मीका प्रहरीहरुलाई पुरुस्कृत गरिएको छ । दिवसको अवसरमा विभिन्न विधामा उदारणीय र उत्कृष्ट कार्य गर्नेहरु विभिन्न दर्जाका प्रहरीहरुलाई पुरस्कृत गरिएको हो ।
मोटरसाइकल चोरी गर्ने पक्राउ
मंगलबार, असोज १९, २०७८
मोटरसाइकल चोरीको आरोपमा स्याङ्जामा चारजना पक्राउ परेका छन् ।
रेडक्रसले दियो पाल्पाका एम्बुलेन्सलाई अक्सिजन सिलिण्डर
मंगलबार, असोज १९, २०७८
नेपाल रेडक्रस सोसाईटी पाल्पाले जिल्लामा सञ्चालित एम्बुुलेन्सलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।
बाँदर नियन्त्रण गरिदिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मंगलबार, असोज १९, २०७८
जिल्लाको कुसुमखोलाका कृषकले बाँदर नियन्त्रण गरिदिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । कुसुमखोलाका अगुवा कृषक कमलराज खनालले बाँदरले किसानले लगाएको बालीनाली सखाप पारिदिने गरेकाले बाँदर नियन्त्रण गरिदिन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएका हुन् ।
गुणस्तरी स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार : शान्ति समाज
सोमबार, असोज १८, २०७८
मानव अधिकार, तथा शान्ति समाजले गुणस्तरी स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकारको विषय रहेको बताएको छ ।
विद्यार्थीलाई भाग्य बोक्ने झोला
सोमबार, असोज १८, २०७८
जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला दिइएको छ ।
पाल्पामा थपिए १५ नयाँ संक्रमित, ७ जना निको
सोमबार, असोज १८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् ।
मृगौला पीडित रानालाई आर्थिक सहयोग
आइतबार, असोज १७, २०७८
मृगौला पीडितका लागि आर्थिक सहयोग प्राप्त भएको छ । वालिङ नगरपालिका १३ झोलुङ्गे बायटारीका मृगौला पीडित २१ बर्षिय नाजिल रानाको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको हो ।
पाल्पामा आइतबार २० संक्रमित थपिए, २१ निको
आइतबार, असोज १७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप २० जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २० जनामा संक्रमण पुष्टि भएको हो ।
‘केपी ओलीका कारण दरबार छोडेर चौरमा आइयो’
आइतबार, असोज १७, २०७८
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले केपी ओलीका कारण आफुहरु विद्रोह गरेर चौरमा आएको बताएका छन् । ओली रायमाझी पथमा गएका कारण आफुहरु विद्रोह गरेर चौरमा आएको उनले बताए ।
दरबार छोडेर चौरमा आउनु हाम्रो बाध्यता : पाण्डे
शनिबार, असोज १६, २०७८
नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रायमाझी पथमा गएका कारण आफुहरु विद्रोह गरेर चौरमा आएको बताएका छन् ।
छाडा गाई संरक्षणमा रामपुर नगर सरकार
शनिबार, असोज १६, २०७८
उत्पादन दिन छोडेपछि घरमा पालिएका गाईको हेलत्व हुन्छ । त्यसपछि स्थानीयले नै सार्वजनिकरुपमा छोडिदिन्छन् ।


