आज खेलकुद पत्रकार दिवस मनाइँदै
स्वास्थ्य
भुवनपोखरी स्वास्थ्य चौकीमा बर्थिङ्ग र प्रयोगशाला सेवा

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर तथा ल्याव प्रयोगशाला सेवा शुभारम्भ भएको छ । बर्थिङ्ग सेन्टर तथा ल्याव प्रयोगशाला सेवाको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले शुभारम्भ गरेका छन् ।
बर्थिङ्ग सेन्टर शुभारम्भ गर्दै पालिका अध्यक्ष भट्टराईले भुवनपोखरीका गर्भवती महिलाहरुले गाउँकै स्वास्थ्यचौकी निःशूल्क रुपमा सुत्केरी हुन पाउने व्यवस्था मिलाएको बताए । अबका दिनमा सुत्केरी हुन एम्वुलेन्स रिर्जव गरेर सदरमुकाम तानसेन धाउनु पर्ने बाध्यता हटेको, समयको तथा खर्चको बचत भएको अध्यक्ष भट्टराईले बताए । विरामीको चाप बढ्दै गएमा एम्वुलेन्स सेवा गाउँपालिकाबाट प्रदान हुने पालिका अध्यक्ष भट्टराईले बताए । कार्यक्रममा पालिका अध्यक्ष भट्टराईले ५ बर्ष भित्र रैनादेवी छहराका सबै स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर र प्रयोगशाला सेवा सञ्चालन गर्ने बताए ।
पालिकामा छिट्टै १५ बेडको अस्पताल निर्माणका लागि आफु लागि परेको अध्यक्ष भट्टराईले बताए । गाउँमा प्रयोगशाला सेवा नहुँदा दिशा, पिसाव तथा रगत खकार जाँचको लागि अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको, गाउँमै प्रयोग सेवा भएपछी भुवनपोखरीवासी लाई ठूलो राहत मिलेको भुवनपोखरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष प्रदिप पौडेलले बताए । गाउँपालिको वडा नंं ४ छहरा, वडा नंं ६ जुठापौवामा यस अघि नै बर्थिङ्ग सेन्टर तथा ल्याव सेवा सञ्चालनमा आइसकेको छ ।'
कार्यक्रममा रैनादेवी छहरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीवनबहादुर राना, छहरा स्वास्थ्य चौकी प्रमुख राकेश बस्नेत क्षेत्री, जुठा स्वास्थ्य चौकी प्रमुख मनिश आचार्य, बल्ढेङगढी स्वास्थ्य चौकी प्रमुख धुव्र वली, भुवनपोखरी वडा सचिव प्रदिप भुसाल लगायतको सहभागिता रहेको थियो । वडा अध्यक्ष प्रदिप पौडेको अध्यक्षतामा भएको कार्यक्रम सामुदायिक स्वास्थ्य इकाई अमिलेका प्रमुख भुवन श्रेष्ठको स्वागत, भुवनपोखरी स्वास्थ्य चौकी प्रमुख राम प्रसाद न्यौपानेको सञ्चालनमा भएको थियो ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!