Shittalpati
पाल्पा कोरोना अपडेट :  आइतबार ५९ जना संक्रमित निको भए , १५ जनामा संक्रमण

पाल्पा, जिल्लामा पछिल्ला २४ घण्टामा ५९ जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५९ जना संक्रमित निको भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २० जना महिला र ३९ जना पुरुषले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालयका अनुसार माथागढी गाउँपालिका, पूर्वखोला गाउँपालिकाका १/१, रामपुर नगरपालिकाका ७, रैनादेवी छहरा गाउँपालिका २४, बगनासकाली गाउँपालिका ४ र तानसेन नगरपालिकाका २२ जना संक्रमित निको भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ५ हजार ६ सय ४८ पुगेको छ ।

१५ जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा २७ जनाको परीक्षण गरिएकोमा ४ जनामा संक्रमण देखिएको हो । जसमा ४ जना नै महिला रहेका छन् ।

तानसेनका २,माथागढी र पूर्वखोलाका १/१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार १ सय ४९ पुगेको छ । जसमा १ हजार ८ सय ७८ महिला र ३ हजार ३ सय ७१ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । जसमा रामपुरका ६ र निस्दीका ५ जना रहेका छन् । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ३ सय ५२ पुगेको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९७ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ७ सय ५६ पुगेको छ । अहिलेसम्म जिल्लामा ७ सय ५६ जना होम आइसोलेसनमा रहेका छन् भने ५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update