Shittalpati
दैनिक कोरोना सम्बन्धी ब्रिफिङ नहुने

पाल्पा । दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने भएको छ । भोलिदेखि दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बुधबार जानकारी गराएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने छ । यसअघि प्रेस बिफ्रिङ हप्ताको सातै दिन ’लाइभ’ हुँदै आएको थियो । प्रेस ब्रिफ्रिङ सातामा दुई दिन मात्रै आएपनि मन्त्रालयको बसाइट, भाइबर र सामाजिक सञ्जालमा कोरोनाबारे नियमित अपडेट भने गरिने डा. गौतमले जानकारी दिए । डा.गौतमका अनुसार अन्य दिन अपरान्ह ४ः३० बजे डाटा अपडेट गरिनेछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update