Shittalpati
पाल्पामा कोरोनाबाट ५४ वर्षीया महिलाको मृत्यु, मृतकको संख्या ५ पुग्यो

पाल्पा, पाल्पामा थप एक महिलाको कोरोनाबाट मृत्यू भएको छ । तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत ५४ वर्षीया महिलाको विहीबार मृत्यु भएको हो । अस्पतालका अनुसारका अनुसार तिनाउँ गाउँपालिका ३ दोभानकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।
निमोनियाको विरामी रहेकी ति महिला असोज २३ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनको बुधवार कोरोना परीक्षणका लागि स्वाव पठाएकोमा विहिबार मात्रै रिपोर्ट पोजेटिभ आएको अस्पतालका अध्यक्ष गोपाल पोखरेलले बताए  ।
योसँगै पाल्पामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि पूर्वखोला गाउँपालिका १ सिलुवाका एक पुरूष, तानसेन नगरपालिका ८ पिपलडाँडाकी एक महिला, तानसेन नगरपालिका ७ का ५२ वर्षीय पुरुषको र तानसेन नगरपालिका–१४, कुसेनीकी ४२ वर्षीया महिलाको मृत्यु भएको थियो ।
         थप ९ जनामा कोरोना पुष्टि
पाल्पामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । विहीबार जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार ८ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए । उनका अनुसार रामपुर नगरपालिकाका ३ जना, पूर्वखोला गाउँपालिकाका १ जना, निस्दी गाउँपालिकाका १ जना, तानसेन नगरपालिकाका १ जना र पाल्पा अस्पतालबाट संकलन गरिएका स्वाब मध्येका २ जना गरी ९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
पाल्पामा थपिएका ९ जनासँगै कुल संक्रमितको संख्या ८ सय ८१ पुगेको छ । जिल्लामा अहिले १ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कुल संक्रमित मध्ये ७ सय ४२ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म २ सय ४४ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ४८ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update