Shittalpati
नेपालमा ७० प्रतिशत संक्रमित निको भए

पाल्पा, नेपालमा संक्रमितको संख्यामा वृद्धि हुँदै गए पनि निको हुनेको दर पनि बढ्दै गएको छ । अहिले सम्म नेपालमा कुल संक्रमितको ७० प्रतिशत संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

विहिबार पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ८ सय १८ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेहरुको संख्या ३५ हजार ७ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार कोरोनाबाट ९ सय १८ जना निको भएका थिए ।

यस्तै, मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ४ सय ४८ जना सक्रिय संख्या रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको मिडिया ब्रिफिङमा बताएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार १४४ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ८सय ६ जना पुगेको छ । हालसम्म मुलुकभर पीसीआर परीक्षणको संख्या ८ लाख १० हजार ४ सय ८५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update