स्तनपान सप्ताहको सान्दर्भिकता
आइतबार, साउन १७, २०७८
विपद्मा जनताको साथी बन्यो पाल्पाको माथागढी गाउँ सरकार
शनिबार, साउन १६, २०७८
कोरोना महामारीमा होस् वा अन्य प्राकृतिक विपत्तिमा नै किन नहोस् पाल्पाको माथागढी गाउँ सरकार जनताको साथी बनेको छ । कोरोना महामारीको प्रकोपबाट लडिरहेका, दीर्घरोगबाट ग्रसित हुन वा बाढी,पहिरोका कारण घरबारविहीन बनेका र भौतिक तथा मानविय क्षति पुगेका जनताको दुःखमा मलम लगाउने कार्यमा गाउँ सरकार सारथी बनेको हो ।
पाल्पा कोरोना अपडेट : शनिबार १३ जना नयाँ संक्रमित थपिए
शनिबार, साउन १६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १३ जना नयाँ संक्रमित थपिएका हुन् ।
पुल नहुँदा जोखिमपूर्ण यात्रा
शनिबार, साउन १६, २०७८
साउन जिल्लाको सदरमुकाम तम्घासदेखि सिमलटारीसम्मको मदन भण्डारी राजमार्ग भित्रका विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । यस सडक खण्ड भित्र पर्ने ५ वटा खहरे खोलाहरुमा सवारीसाधन तथा सर्वसाधारणका लागि पुलको व्यवस्था नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
पाल्पामा शिक्षक र कर्मचारीलाई खोप लगाइँदै
शनिबार, साउन १६, २०७८
पाल्पामा शनिवारदेखि शिक्षक र कर्मचारीहरुका लागि कोरोना भाइरस विरुद्धको खोप लगाइँदै छ । शिक्षकहरुको आन्दोलन पछि जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई खोप लगाउन लागिएको हो ।
बजारमा अस्वस्थकर मासु बिक्री
शनिबार, साउन १६, २०७८
बुटवलको बजारमा अस्वस्थकर मासु बिक्री हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक गुमादेवी आचार्यको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा कतिपय पसलमा अस्वस्थकर र सडेको मासु बिक्रीका लागि राखिएको पाइएको हो ।
बगनासकालीमा प्रशासकीय अधिकृतको विदाइ र स्वागत
शनिबार, साउन १६, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको स्वागत र विदाइ गरिएको छ । गाउँपालिकामा यस अघि रहेका सुरेश घिमिरेको विदाइ र नयाँ प्रशासकीय अधिकृतका रुपमा आएका विष्णु घर्तीलाई एक औपचारिक कार्यक्रमका बिच स्वागत गरिएको हो ।
खोपमा सरकारको अर्जुनदृष्टि
शनिबार, साउन १६, २०७८
बहुमतको सरकार ढलेपछि अहिले परमादेशबमोजिम सरकार गठन भएको छ । नेपाली काँग्रेसका सभापति शेरबाहदुर देउवाको नेतृत्वमा सरकार बनेको छ । १ सय ६५ सांसदको विश्वासको मतका आधारमा यो सरकार बनेको हो ।
गुल्मीमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न नेविसंघको ध्यानाकर्षण
शुक्रबार, साउन १५, २०७८
नेपाली विद्यार्थी संघ गुल्मीले सवारी दुर्घटना कम गर्न पुराना गाडीको विस्थापन र चालकलाई अभिमुखिकरण तालिम उपलब्ध गराउन अनुरोध गरेको छ । गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्र देवी शर्मालाई ध्यानाकर्षण पत्र बुझाउँदै नेविसंघले अनुरोध गरेको हो ।
नविन्द्रराज जोसीको स्मृतिमा पाल्पाको हुँगीमा स्वास्थ्य सामग्री वितरण
शुक्रबार, साउन १५, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको स्मृतिमा पाल्पाको रम्भा गाउँपालिका १– हुँगीमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाली काँग्रेस हुँगी गाउँ समितिको समन्वयमा हुँगी स्वास्थ्य चौकीमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो ।
लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त
शुक्रबार, साउन १५, २०७८
लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीनजना सांसद पदमुक्त भएका छन् । पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय हुन् ।
फोन पाठशालाको उपलब्धी र योजनाका विषयमा छलफल
शुक्रबार, साउन १५, २०७८
फोन पाठशालाको उपलब्धी र योजनाका विषयमा छलफल गरिएको छ । जिल्लामा सञ्चालित रुम टु रिडको सहयोग र बेस नेपालको व्यवस्थापन तथा स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत फोन प्रयोगशालाको उपलब्धी र योजनाका विषयमा जिल्लाका प्राथमिकतहका शिक्षकहरु बीचको अन्तर सञ्जाल अनलाईनमार्फत छलफल भएको हो ।


