Shittalpati
तानसेन नगर सरकारद्वारा पारिवारिक लगत परिचयपत्र वितरण
तानसेन नगर सरकारद्वारा पारिवारिक लगत परिचयपत्र वितरण जिल्लाको तानसेन नगर सरकारले क्यूआर कोर्ड सहितको पारिवारिक लगत परिचयपत्र वितरण थालेको छ । नगर सरकारले सूचना व्यवस्थापन प्रणाली अन्तर्गत पारिवारिक लगत परिचय पत्र वितरण थालेको हो । सोमबार एक औपचारिक कार्यक्रमका बिच नगर सरकारले उक्त परिचय पत्र वितरण अभियानको सुरुवात गरेको छ ।
औपचारिकतामै सीमित नबनोस् सहिद सप्ताह
औपचारिकतामै सीमित नबनोस् सहिद सप्ताह मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष झैँ यस वर्ष पनि सोमबारदेखि सहिद सप्ताह मनाउन सुरु गरिएको छ । यही माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहका लागि विभिन्न कार्यक्रमहरु तय भएका छन् ।
सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने
सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ ।
रेसुङ्गा नगरपालिकामा कृषकलाई त्रिपाल र कर्नी वितरण
रेसुङ्गा नगरपालिकामा कृषकलाई त्रिपाल र कर्नी वितरण जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषकहरुलाई त्रिपाल तथा कर्नी वितरण गरिएको छ । रेसुङ्गा नगरपालिका वडाकार्यालय १ ले आइतबार २५ जना कृषकहरुलाई त्रिपाल तथा कर्नी वितरण गरेको हो ।
कर्मचारीमा कोरोना देखिएपछि गुल्मी प्रशासन कार्यालयको सेवा बन्द
कर्मचारीमा कोरोना देखिएपछि गुल्मी प्रशासन कार्यालयको सेवा बन्द कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेको छ ।
पाल्पामा जोखिम बढ्यो, छैन सतर्कता
पाल्पामा जोखिम बढ्यो, छैन सतर्कता जिल्लामा दिनहुँ कोरोना संक्रमणको जोखिम तीव्र रुपमा बढ्दै गए पनि सतर्कता अपनाइएको छैन । जिल्ला प्रशासन कार्यालय पाल्पाले संक्रमण रोकथामका लागि आदेश जारी गरेको छ, तर आदेशको कतै पालना भएको छैन । जसले गर्दा यहाँका घर–घरै संक्रमणका बिरामी बढेका छन् ।
आयआर्जनको माध्यम बन्यो हस्तकला
आयआर्जनको माध्यम बन्यो हस्तकला सीपमूलक कार्यमा मधेसी तथा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ । रुपन्देहीको सियारी गाउँपालिकाका मधेसी तथा थारु समुदायका महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । स्थानीय तहको पहलमा उनीहरुले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी आयआर्जनको माध्यम बनाएका हुन् ।
निर्वाचन मिति छिटो तोक
निर्वाचन मिति छिटो तोक स्थानीय, प्रदेश र संघीय सरकारको निर्वाचन गराउने विषयलाई लिएर निर्वाचन आयोग र सरकारबीच अहिले छलफल चलिरहेको छ । राजनीतिक वृत्तमा कहिले तीनै तहका निर्वाचन एकै पटक गर्ने र कहिले भने भिन्नाभिन्नै समयमा गर्ने भन्ने दोधारे कुरा आइरहेका छन् । यस्तो दोधारे कुराले अन्यौलता सिर्जना गरेको छ ।
‘क्रिप्टोकरेन्सी र नेटवर्क व्यवसाय गर्नेलाई कारबाही हुन्छ’
‘क्रिप्टोकरेन्सी र नेटवर्क व्यवसाय गर्नेलाई कारबाही हुन्छ’ क्रिप्टोकरेन्सीको कारोबारलाई नेपाल राष्ट्र बैंकले गैरकानुनी भनेको छ । बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको ठहर गर्दै कारोबार गर्नेलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न/नगराउन सबैलाई आग्रह पनि गरेको छ ।
Weather Update