पीडितका पक्षमा लाग्न काँग्रेस पाल्पाको आग्रह
बुधबार, जेठ ७, २०७७
रैनादेवी छहराले संकलन गर्यो विदेशमा रहेका नागरिकको तथ्याङ्क
बुधबार, जेठ ७, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकाले गाउँ छाडी भारत लगायत तेस्रो मुलुकमा रहेका नागरिकहरुको विवरण संकलन गरेको छ । गाउँपालिकाले कोरोना भाइरस (कोभिड(१९) को असर कतिसमयसम्म रहने हो भन्ने यकिन हुने संकेत नदेखिएपछि विदेशमा रहेका नागरिकहरुको विवरण संकलन गरेको हो ।
कालीगण्डकीमा बेपत्ता एक बालकको शव भेटियो
बुधबार, जेठ ७, २०७७
गत आईतबार कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २ बालक मध्ये १ बालकको शव फेला परेको छ । जिल्लाको रामपुर नगरपालिका १० मलौटे घाटबाट बेपत्ता भएका मध्ये रामपुर १० सिकोडाँडाका रेशम भट्टराईको छोरा १० वर्षिय सुनिल भट्टराईको शव चापाकोट नगरपालिका ७ वनकट्टा स्याङ्जामा शव फेला परेको हो ।
पाल्पामा लकडाउनलाई थप प्रभावकारी बनाइने
बुधबार, जेठ ७, २०७७
विश्वर फैलिएको कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनलाई पाल्पामा थप प्रभावकारी बनाइने भएको छ । मंगलवार बसेको सिसीएमसीको बैठकले लकडाउनलाई प्रभावकारी रुपमा जारी राख्ने निर्णय गरेको हो ।
क्रिमसन अस्पताल भन्छ ‘गुल्मीका संक्रमितको अवस्था गम्भीर छ’
बुधबार, जेठ ७, २०७७
कोरोना पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको क्रिमसन अस्पतालले जनाएको छ । उनको विभिन्न सञ्चार माध्यमहरुमा मृत्यु भएको समाचारहरु आएपछि अस्पतालले एक विज्ञप्ती जारी गर्दै अवस्था गम्भीर रहेको तर मृत्यु भएको भन्ने समाचार गलत भएको जनाएको हो ।
तानसेन १० का विपन्न परिवारलाई काँग्रेसले बाड्यो राहत
बुधबार, जेठ ७, २०७७
जिल्लाका स्थानीय सरकारहरुले बन्दाबन्दीका बेला समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएका नागरिकहरुलाई राहत वितरण गर्दै आए पनि केही स्थानीय तहहरुले राहत वितरणमा विभेद गरेको गुनासो आएपछि काँग्रेसले राहत नपाएकाहरुलाई राहत वितरण गरेको छ ।
गुल्मीदरबारमा लकडाउन प्रभावकारी बनाउन स्वयंसेवक परिचालन गर्ने
बुधबार, जेठ ७, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिकाकाले सरकारले जारी राखेको लकडाउनलाई प्रभावकारी बनाउन स्वयमसेवक परिचालन गर्ने भएको छ । कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका सात वटै वडाहरुमा पाँच/पाँच जनाका दरले ३५ जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो ।
तानसेन नगर सरकारलाई विभिन्न संघ सस्थाद्वारा स्वास्थ्य सामग्री
बुधबार, जेठ ७, २०७७
कोरोना तथा कोभिड १९ को सक्रमणबाट बच्न र बचाउन विभिन्न संघ संस्थाले तानसेन नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । जागृति बाल तथा युवा सरोकार केन्द्र, ईन्द्रेणी समाज केन्द्रले तानसेन नगरपालिकालाई कोरोना रोकथाका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
क्वारेन्टाइनबाट भागे एघार जना नागरिक
बुधबार, जेठ ७, २०७७
यशोधरा गाउँपालिका ६ को वासुदेव जनता माविको क्वारेन्टाइनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए ।
कोरोना महामारीले सिकाएको पाठ
बुधबार, जेठ ७, २०७७
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । छिमेकी राष्ट्र चीनबाट फैलिएको महामारी अहिले चीनमा अलिक मथ्थर देखिए पनि अन्य देशहरुमा तिब्र रुपमा फैलिएको छ । अर्को छिमेकी राष्ट्र भारतमा सुरुवाती अवस्थामा त्यति उग्ररुप नलिएता पनि आजसम्म आउँदा भारतमा अवस्था बिग्रदो छ ।
सरकारको स्वागत योग्य काम
बुधबार, जेठ ७, २०७७
भारतले नेपाली भू–भाग लिपुलेकमा सडक संरचना निर्माण सम्पन्न गरी उद्घाटन गरेको विषयले चर्चा र सरकारको आलोचना भयो । लकडाउनको यो समयमा पनि सडक, सदन, राजनीतिक दल र बौद्धिक क्षेत्र सबैतिर नेपाली भूमि फिर्ता ल्याउनुपर्ने आवाज प्रखर रूपमा उठ्यो ।
पाल्पाका क्रियाशिल पत्रकारलाई सुरक्षा सामग्री
मंगलबार, जेठ ६, २०७७
जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा बगनासकाली पत्रकार समूहले सत्यतथ्य खबर सम्प्रेषण गर्न कार्यक्षेत्रमा खटिएका पत्रकारका लागि आवश्यक सुरक्षा सामग्री प्रदान गरेको हो ।


