सिद्धार्थ राजमार्गमा टिपर सञ्चालन गर्न रोक
बिहीबार, असार २, २०७९

गुल्मीमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु
शुक्रबार, जेठ २७, २०७९
जिल्लाको छत्रकोट गाउँपालिका पल्लिकोटमा जेसीबी डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका वडानम्बर–२ पल्लिकोटको रातापानी भन्ने स्थानमा लु १ क ४७७१ नम्बरको डोजर दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।

रुपन्देही बस दुर्घटना : ६ जनाको पहिचान खुल्यो (अपडेट)
आइतबार, जेठ २२, २०७९
भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा भएको यात्रुबाहक बस दुर्घटनामा परी ज्यान गुमाएका ९ जना मध्ये ६ जनाको पहिचाल खुलेको छ ।

रुपन्देहीमा बस खोलामा खस्दा नौ जनाको मृत्यु
आइतबार, जेठ २२, २०७९
भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो...

रेसुङ्गा नगरप्रमुख पन्थीले गरे सडक खण्डको अनुगमन
बुधबार, जेठ १८, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले जिल्लालाई जोड्ने बुटवल–सालझण्डी–पटौटी–खज्र्याङ्ग–तम्घास सडकको अनुगमन गरेका छन् । जिल्लालाई बुटवलसँग जोड्ने द्रुतमार्गको रुपमा रहेको यस सडक खण्डको अनुगमन नगरप्रमुख पन्थीले गरेका हुन् ।

जहाज दुर्घटना : तेह्र जनाको शव भेटियो
सोमबार, जेठ १६, २०७९
मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा १३ जनाको शव भेटिएको छ । दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले आज बिहान १०ः३० बजेसम्म १३ जनाको शव भेटाएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले क्षत्विक्षत बनेको जहाजले थिचेका शव पहिचान गर्ने काम भइरहेको बताए...

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
सोमबार, जेठ ९, २०७९
सुख्खा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । सोमबार दिउँसो तिनाउ गाउँपालिका–५, कालीमाटी नजिकै खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।

भैरहवाबाटै वैदेशिक रोजगारीमा जाने तयारी
शनिबार, जेठ ७, २०७९
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि वैदेशिक रोजगारमा जाने व्यवस्था मिलाउन लागिएको छ । श्रम मन्त्रालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिका लागि सेवा दिने गरी आवश्यक तयारी थालेको छ ।

पाल्पामा जिप दुर्घटना एकको मृत्यु, दुई घाइते
बिहीबार, वैशाख २२, २०७९
जिल्लाको तिनाउ गाउँपालिका –५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते भएका छन् । बिहीबार दिउँसो बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु.१ च ७७८० नम्वरको डबल क्याप जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका हुन् ।

तानसेनमा शौचालय गएका भरियाको लडेर ज्यान गयो
सोमबार, वैशाख १९, २०७९
जिल्लाको तानसेनमा शौचालय गएका एक भरियाको लडेर ज्यान गएको छ । तानसेन नगरपालिका–२ हुलाक चोकस्थित सती शाहीको घरको शौचालयमा लडेर नाम थर नखुलेका अन्दाजी २६ वर्षीय युवक बेहोस भएका थिए ।

तिनाउमा पौडी खेल्ने क्रममा डुवेर एकको मृत्यु
आइतबार, वैशाख १८, २०७९
जिल्लाको तिनाउ गाउँपालिका –३ ड्रयामस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुवेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो भारतको गोरखपुरबाट घुम्न आएका ३५ वर्षीय अंकति श्रीवास्तव पौडी खेल्ने क्रममा डुवेर घाइते भएका थिए ।

तानसेन–रानीमहल सडक बैशाख २१ गते सम्म बन्द रहने
बुधबार, वैशाख १४, २०७९
तानसेनदेखि रानीमहलसम्म जोड्ने सडक बैशाख १५ गते विहीबारदेखि वैशाख २१ गतेसम्म पूर्ण रुपमा बन्द हुने भएको छ । निर्माणाधिन तानसेन रानीमहल सडकमा पूर्ण रुपमा कालोपत्रे, ठाउँ–ठाउँमा मर्मत सम्भारको लागि पूर्वाधार सडक कार्यालय तानसेन पाल्पाले एक हप्ते सूचना जारी गर्दै सडक पूर्ण रुपमा बन्द गर्ने जनाएको छ ।

रामपुरमा रुखबाट लडेर एक जनाको मृत्यु
सोमबार, वैशाख १२, २०७९
जिल्लाको रामपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका –७ घिमिरे टोलका ३५ वर्षीय रमेश आचार्यको सोमबार विहान काब्रोको रुखबाट लडेर मृत्यु भएको हो ।