आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
शुक्रबार, वैशाख ७, २०८१
एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे
सोमबार, चैत २६, २०८०
नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन् । उनी यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष थिए ।
विदेश पलायन रोक्न दूधमा अनुदान
सोमबार, चैत २६, २०८०
किसानलाई पशुपालनमा आकर्षित गर्ने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले दूधमा प्रतिलिटर १० अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमार्फत ‘दूधमा आत्मनिर्भर तथा गाईभैँसी प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत नगरपालिकाले दूधमा अनुदान दिने भएको हो ।
मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु
शनिबार, चैत १७, २०८०
सहिद लखन गाउँपालिका–३ घोर्लेस्वाँरामा आज दिउँसो स्कारपियो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
हल गोरु पाल्ने किसानलाई पाँच हजार
बिहीबार, फागुन १०, २०८०
स्याङ्जाको वालिङ नगरपालिका–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवं प्रवद्र्धनामत्मक’ कार्यक्रम अन्तर्गत किसानलाई पाँच हजार अनुदान उपलब्ध गराउने वडाअध्यक्ष छविलाल आलेले बताए ।
दर्शकको आकर्षण केराका थामबाट बनाइएका सामग्री
सोमबार, माघ २९, २०८०
स्याङ्जाको वालिङमा सञ्चालित महोत्सवमा केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण देखिएको छ । माघ १८ गतेदेखि वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ वालिङ महोत्सवस्थलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराका थामबाट बनाएका सामग्री अवलोकन तथा खरिद गर्नेको घुइँचो दैनिक जसो देखिएको थियो ।
गण्डकीमा क्षेत्रफलसँगै सुन्तला उत्पादन बढ्यो
शनिबार, माघ २०, २०८०
गण्डकी प्रदेशका किसानले यस वर्ष ५४ हजार दुई सय २८ मेट्रिक टन सुन्तला फलाएका छन् । जुन गत वर्षको तुलनामा एक हजार आठ सय ९७ मेट्रिक टनले बढी हो ।
पूर्वमन्त्री पौडेलको निधन
बुधबार, माघ १७, २०८०
बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा आज भएको दुर्घटनामा परी उनको निधन भएको हो ।
बाँदर नियन्त्रणका लागि रूख काट्ने अभियानको विरोध
मंगलबार, माघ १६, २०८०
बाँदर नियन्त्रणका लागि ‘मेरो रूख म काट्छु’ अभियान चलाउनेबारे पोखरा महानगरपालिका–१९ ले गरेको निर्णयको विरोध भएको छ । वडा कार्यालयले सोमबार सार्वजनिक सूचनामार्फत १० दिनभित्र घर वरपरका रूख कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन वडाबासीलाई सूचित गरेको थियो ।
त्रिशूलीमा खसेको जिप भेटियो
मंगलबार, माघ २, २०८०
त्रिशूली नदीमा खसेको जिप भेटिएको छ । आज बिहान पौने पाँच बजेको समयमा नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट खसेको जिप त्रिशूलीमा भेटिएको हो ।
भारतीय सेनाबाट फर्केका छबबहादुरको आरन
शुक्रबार, पुस १३, २०८०
भारतीय सेनाबाट फर्किएका छबबहादुर विश्वकर्माले आरन सञ्चालन गर्दै आएका छन् । सत्र वर्ष भारतीय सेनामा सेवा गरी स्वदेश फर्किएका स्याङ्जाको पुतलीबजार–१० राङखोला निवासी उनले आरनको कामलाई व्यावसायिक रुपमा अगाडि सञ्चालन गर्दै आएका छन् ।
वडावासीको सहजताका लागि एउटै वडाको सेवा दुई ठाउँबाट
बुधबार, पुस ११, २०८०
स्याङ्जाको भिरकोट नगरपालिका–८ को वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ । भौगोलिक विकटता र जनसंख्याका दृष्टिले नगरपालिका ठूलो भएपछि वडावासीको सहजताका लागि दुई ठाउँबाट सेवा दिँदै आइएको हो ।
गण्डकी–लुम्बिनी प्रदेश जोड्ने राम्दीमा ‘सिग्नेचर ब्रिज’
बिहीबार, मंसिर २८, २०८०
गण्डकी र लुम्बिनी प्रदेशको संगमस्थल (रामनदीधाम) राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि नयाँ पुल निर्माण थालिएको हो ।


