रेसुङ्गाबाट नियमित उडान
शनिबार, वैशाख ३०, २०८०
मौद्रिक नीति समीक्षा : बैंकदर एक प्रतिशत बिन्दुले घटाइयो
शुक्रबार, वैशाख २९, २०८०
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर एक प्रतिशत बिन्दुले घटाएको छ । राष्ट्र बैंकले नीतिगत दरलाई सात प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई एक प्रतिशत बिन्दुले घटाएर सात दशमलव पाँच प्रतिशत कायम गरेको हो । ब्याजदर करिडोरअन्र्तगतका अन्य दरलाई भने यथावत राखिएको...
बैंकर्स संघले जेठदेखि कर्जाको ब्याजदर घटाउने
शुक्रबार, वैशाख २९, २०८०
नेपाल बैंकर्स संघले जेठदेखि लागू हुने गरी कर्जाको ब्याज घटाउने निर्णय गरेको छ । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकमा जेठदेखि कर्जाको ब्याज घटाउने सहमति भएको हो ।
कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने
बिहीबार, वैशाख २८, २०८०
कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(३ दाना सवस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ भूमहीस्थित नयाँ बुटवल सवस्टेसनसम्मको एक सय २७ किलोमिटर डबल सर्किट प्रसारण लाइन...
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने
बिहीबार, वैशाख २८, २०८०
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ । प्रादेशिकरुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको हो ।
वालिङले दिन थाल्यो श्रम स्वीकृति
बुधबार, वैशाख २७, २०८०
स्याङ्जाको वालिङ नगरपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन सुरु गरेको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि स्थानीयवासीलाई सहज भएको हो ।
तानसेनका पर्यटकीय क्षेत्रमा लगानी गर्न तयार छु : अध्यक्ष ढकाल
सोमबार, वैशाख २५, २०८०
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले तानसेनका पर्यटकीय क्षेत्रमा लगानी गर्न आफु तयार रहेको बताएका छन् । देशका विभिन्न ठाउँका पर्यटकीय क्षेत्रहरुमा ठूलो लगानी गर्दै आएका ढकालले स्थानीय सरकाले लगानी गर्ने उचित वातावरण सिर्जना गरिदिए तानसेन र आसपास क्षेत्रका पर्यटकीय क्षेत्रमा लगानी गर्न आफु तयार रहेको बताएका हुन् ।
सकियो पाल्पा महोत्सव, ८ करोडको कारोबार, ३ लाखले गरे अवलोकन
आइतबार, वैशाख २४, २०८०
बैशाख १४ गते देखी सञ्चालन भएको पाल्पा महोत्सव आइतबारदेखि सकिएको छ । १० दिनसम्म चलेको महोत्सवमा ३ लाख दर्शकहरुले अवलोकन गरे भने ८ करोड बराबरको कारोवार भएको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए ।
कारोबारको पहिलो दिन नेप्से ओरालो लाग्यो
आइतबार, वैशाख २४, २०८०
शेयर कारोबारको पहिलो दिन नेप्से परिसूचक ओरालो लागेको छ । कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक १९ दशमलब १२ अङ्कले ओरालो लागेको हो ।
आज पाल्पा महोत्सवको अन्तिम दिन
आइतबार, वैशाख २४, २०८०
वैशाख १४ गतेदेखि सुरु भएको पाल्पा महोत्सवको आज अन्तिम दिन हो । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको १३ औं पाल्पा महोत्सव आज सकिदै छ । महोत्सवको समय थपिनेमा धेरैले अनुमान गरे पनि आयोजकले मेला आजै समापन गर्ने जनाएको छ । पानीका कारण केही दिनको महोत्सव प्रभावित भएकाले महोत्सवको...
घट्यो इन्धनको खपत
आइतबार, वैशाख २४, २०८०
पछिल्लो समय नेपालमा इन्धनको खपत घटेको छ । आर्थिक मन्दीका कारण इन्धनको खपत घटेको हो । अर्थतन्त्र चलायमान हुँदा इन्धनको खपत बढी हुने गरे पनि अहिले अर्थतन्त्र संकटग्रस्त भएकाले मागमा पनि कमी आएको छ ।
इसेवाको अफर :‘एकमा चार’
शनिबार, वैशाख २३, २०८०
भुक्तानी सेवा प्रदायक इसेवाले आकर्षक अफर ल्याएको छ । उसले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै ‘एकमा चार’ नामक अफर ल्याएको हो ।
नेपालीको बढ्यो प्रतिव्यक्ति आय
बिहीबार, वैशाख २१, २०८०
नेपालीको प्रतिव्यक्ति आय बढेको छ । प्रतिव्यक्ति आय बढेर वार्षिक एक हजार तीन सय ९९ अमेरिकी डलर अर्थात् एक लाख ८२ हजार छ सय ८३ पुगेको हो । राष्ट्रिय तथ्याड्ढ कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्याड्ढ सम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकी डलर एक...


