Shittalpati
ठगिएका सहकारी पीडितलाई सम्पर्कमा आउन अनुरोध
ठगिएका सहकारी पीडितलाई सम्पर्कमा आउन अनुरोध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । 
‘सहकारीमार्फत उत्पादन र बजारीकरणमा जोड दिनुपर्छ’
‘सहकारीमार्फत उत्पादन र बजारीकरणमा जोड दिनुपर्छ’ लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सहकारीमार्फत उत्पादन र बजारीकरणमा जोड दिनुपर्ने बताएका छन् । जिल्ला सहकारी संघ पाल्पाको ११ औं वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले सहकारीमार्फत कृषकले उत्पादन गरेका कृषि उपजलाई निर्वाहमुखीभन्दा पनि आधुनिकीकरण र यान्त्रिकीकरण गरी बजारीकरण गर्न जोड दिएका हुन् ।
सहकारी पीडितका समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन
सहकारी पीडितका समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी पीडितका समस्या सम्बोधन नहुँदा लाखौँ निक्षेपकर्ता प्रताडित भएको उल्लेख गर्दै त्यसको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् ।
कुसुम सहकारीको दोस्रो साधारण सभा
कुसुम सहकारीको दोस्रो साधारण सभा पाल्पाको तानसेनमा प्रधानकार्यालय रहेको कुसुम बहुउद्देश्यीय सहकारी संस्थाले दोस्रो साधारण सभा गरेको छ । सहकारीले तानसेनमा एक समारोहकाबिच साधारण सभा गरेको हो ।
मुक्तिनाथ सहकारीको दशौं साधारण सभा
मुक्तिनाथ सहकारीको दशौं साधारण सभा मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाल्पाले १० औं वार्षिक साधारण सभा  गरेको छ । साधारणसभाको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष एवं संस्थाका शेयर सदस्य शैलेन्द्र भट्टराई उद्घाटन गरेका हुन् ।
मायादेवी मन्दिरमा एक करोड बढी भेटी संकलन
मायादेवी मन्दिरमा एक करोड बढी भेटी संकलन बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा दानबापत एक करोड बढी भेटी संकलन भएको छ । मन्दिरमा राखिएका दानपेटिकाबाट एक करोड छ लाख ४० हजार भेटी संकलन भएको हो  ।
सहकारी अभियानमा सुशासन र सुदृढीकरणलाई आत्मसाथ गरौं ः  अध्यक्ष ढकाल
सहकारी अभियानमा सुशासन र सुदृढीकरणलाई आत्मसाथ गरौं ः अध्यक्ष ढकाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानमा सुशासन र सुदृढीकरणलाई आत्मसाथ गर्नु पर्ने बताएका छन्  ।
नौ कम्पनीसँग स्पष्टीकरण माग
नौ कम्पनीसँग स्पष्टीकरण माग सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै विभिन्न नौवटा निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।
आगलागी पीडितलाई पाल्पा ग्याँस डिलर्स संघको पहलमा सहयोग
आगलागी पीडितलाई पाल्पा ग्याँस डिलर्स संघको पहलमा सहयोग तानसेनका एक आगलागी पीडितलाई पाल्पा ग्याँस डिलर्स संघको पहलमा आर्थिक सहयोग जुटेको छ ।  तानसेनको बर्तुङ्गमा होटल व्यवसायी गर्दै आएका दुर्गाबहादुर श्रेष्ठलाई संघको पहलमा आरती ग्यास उद्योग प्रालिले आर्थिक सहयोग गरेको हो ।
सिजी सिमेन्ट उद्योग र स्थानीयबीच टकराव बढ्दै
सिजी सिमेन्ट उद्योग र स्थानीयबीच टकराव बढ्दै केहि समययता पाल्पामा सञ्चालित सिजी सिमेन्ट उद्योग र स्थानीय बिच विवाद बढ्दै गएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगले स्थानीयका सामान्य माग सम्बोधन नगरी जबर्जस्ती ढंगले काम गर्न खोजेपछि उद्योग र स्थानीयबीचको टकराव बढ्दै गएको हो ।
बालकुमारी घटना : मृतकका परिवारलाई दश लाख राहत
बालकुमारी घटना : मृतकका परिवारलाई दश लाख राहत ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई युवकका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले घटनामा मृत्यु भएका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश सरकारको बजेट ९ प्रतिशत मात्रै खर्च
लुम्बिनी प्रदेश सरकारको बजेट ९ प्रतिशत मात्रै खर्च लुम्बिनी प्रदेश सरकारको हालको बजेट खर्चको अवस्थालाई हेर्दा सन्तोषजनक देखिदैन । चालु आर्थिक वर्षको ४ महिनाको अवस्थालाई हेर्दा यहाँको बजेट खर्चको अवस्था निराशजनक देखिएको हो ।
Weather Update