Shittalpati
रामपुरमा महिन्द्राको शोरुम
रामपुरमा महिन्द्राको शोरुम जिल्लाको रामपुरमा महिन्द्रा गाडीको शोरुम सञ्चालनमा ल्याइएको छ । ३२ औँ शोरुम रुपमा रामपुरमा सेवा सञ्चालनमा ल्याइएको हो । रामपुर अटो भिलेजका सञ्चालक गणेश प्रसाद रेग्मी र कुलमणी रेग्मीले शहरीकरणतर्फ उन्मुख हुँदै गरेको रामपुरमा महिन्द्रा कम्पनीको शोरुम सञ्चालनमा ल्याएका हुन् ।
गाडी भाडा घट्यो, पाल्पा–काठमाडौंको कति ?
गाडी भाडा घट्यो, पाल्पा–काठमाडौंको कति ? यातायात व्यवस्था विभागले जेठ ३ गतेदेखि लागू हुने गरी लामो दूरीका सवारी साधनको भाडा घटाएको छ । डिजेलको मूल्य घटेकाले गाडी भाडामा पनि समायोजन गरिएको विभागले जनाएको छ ।
सार्वजनिक यातायातको भाडा घट्यो
सार्वजनिक यातायातको भाडा घट्यो यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै उक्त विभागले पनि आज सार्वजनिक यातायातको भाडादर घटाएको हो ।
लुम्बिनीमा नयाँ बजेटको तयारी गरिँदै
लुम्बिनीमा नयाँ बजेटको तयारी गरिँदै लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको छ ।
सरकारको आम्दानीभन्दा खर्च बढी
सरकारको आम्दानीभन्दा खर्च बढी सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो ।
विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने
विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो ।
कृषकलाई अनुदानमा कृषि सामग्री
कृषकलाई अनुदानमा कृषि सामग्री रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री (औजार) उपलब्ध गराइएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई साना कृषि औजार उपलब्ध गराएको हो ।
रेसुङ्गाबाट नियमित उडान
रेसुङ्गाबाट नियमित उडान गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान थालिएको छ । पटक–पटक उडान परीक्षण गरिए पनि नियमित उठान हुन सकेको थिएनन् । शुक्रबारदेखि भने रेसुङ्गा–काठमाडौं नियमित उठान हुन थालेको हो ।
मौद्रिक नीति समीक्षा : बैंकदर एक प्रतिशत बिन्दुले घटाइयो
मौद्रिक नीति समीक्षा : बैंकदर एक प्रतिशत बिन्दुले घटाइयो नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर एक प्रतिशत बिन्दुले घटाएको छ । राष्ट्र बैंकले नीतिगत दरलाई सात प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई एक प्रतिशत बिन्दुले घटाएर सात दशमलव पाँच प्रतिशत कायम गरेको हो । ब्याजदर करिडोरअन्र्तगतका अन्य दरलाई भने यथावत राखिएको...
बैंकर्स संघले जेठदेखि कर्जाको ब्याजदर घटाउने
बैंकर्स संघले जेठदेखि कर्जाको ब्याजदर घटाउने नेपाल बैंकर्स संघले जेठदेखि लागू हुने गरी कर्जाको ब्याज घटाउने निर्णय गरेको छ । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकमा जेठदेखि कर्जाको ब्याज घटाउने सहमति भएको हो ।
कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने
कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(३ दाना सवस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ भूमहीस्थित नयाँ बुटवल सवस्टेसनसम्मको एक सय २७ किलोमिटर डबल सर्किट प्रसारण लाइन...
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ । प्रादेशिकरुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको हो ।
Weather Update