Shittalpati
पेट्रोल, डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो
पेट्रोल, डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
पन्चैबाजा संरक्षणमा आमा समूह
पन्चैबाजा संरक्षणमा आमा समूह परियार समुदायको पुख्र्यौली पेसाका रुपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् ।
सुनको मूल्य तोलामा एक हजारले गिरावट
सुनको मूल्य तोलामा एक हजारले गिरावट अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ ।
नेप्से परिसूचक २१ अङ्कले घट्यो
नेप्से परिसूचक २१ अङ्कले घट्यो यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २१ दशमलव १२ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा छात्रवृत्ति प्रदान
ग्लोबल आइएमई बैंकद्वारा छात्रवृत्ति प्रदान ग्लोबल आइएमई बैंक लिमिटेडले छात्रवृत्ति प्रदान गरेको छ । बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३५ जना छात्रालाई छात्रवृत्ति  प्रदान गरेको हो । बैंक पौष १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८ औँ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गर्दैछ ।
एमडिआरटी २०२५ का लागि पाल्पाबाट तिवारी चयन
एमडिआरटी २०२५ का लागि पाल्पाबाट तिवारी चयन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै पाल्पाबाट गीता कुमारी तिवारी एमडिआरटी २०२५ का लागि चयन भएकी छन् । कम्पनीको पाल्पा शाखाबाट  तिवारीले आगामी २०२५ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएकी हुन् ।
नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च
नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ ।
चिलाङ्दीमा सुरु भयो पाल्पा महोत्सव 
चिलाङ्दीमा सुरु भयो पाल्पा महोत्सव   जिल्लाको बगनासकाली गाउँपालिकाको प्रवद्र्धन र कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजनामा मंगलबारदेखि बगनासकाली–१ चिलाङ्दीमा पाल्पा महोत्सव सुरु भएको छ ।  १८ गतेसम्म  सञ्चालन हुने महोत्सवको एक कार्यक्रमकाबिच शुभारम्भ गरिएको हो ।
पाल्पामा सुनका गहना ठगी गर्ने  चार जना पक्राउ
पाल्पामा सुनका गहना ठगी गर्ने  चार जना पक्राउ जिल्लामा सर्वसाधारणलाई ललाईफकाई गरी विभिन्न प्रलोभनमा पारी सुनका गहना ठग्दै हिँड्ने  चार जना पक्राउ परेका छन् । यहाँको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङ्गढीमा नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी सुनका गहना झिकेर लैजाने चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से १३ दशमलव ५३ अंकले घटेर दुई हजार पाँच सय ८३ दशमलव २९ को बिन्दुमा कायम भएको हो ।
सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो
सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक सय र चाँदी प्रतितोला रू तीसले बढेको छ ।
देशको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण  : सांसद  गैरे 
देशको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण  : सांसद गैरे  पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले  देशको आर्थिक विकासमा सहकारी भूमिका महत्वपूर्ण रहेको बताएका छन् । शनिबार तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले देशको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । 
Weather Update