सुष्मालाई बक्सिङमा रजत पदक
अर्थवाणिज्य/कर्पोरेट
बाराही हाइड्रोपावरको आईपीओ खुला

पाल्पा, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो । धेरै समयपछि आइपीओ खुला गरिएको छ ।
कम्पनीले प्रति सेयर एक सय रुपैयाँ अंकित दरका कूल पाँच लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको हो । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको दुई लाख ५० हजार कित्ता सेयरमा एक लाख ४६ हजार कित्ता तोकिएका बासिन्दालाई बाँडफाँट गरी बाँकी एक लाख चार हजारसहित कूल पाँच लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको छ । कम्पनीद्वारा निष्कासित सेयरमा २७ हजार सात सय कित्ता सामूहिक लगानी कोष र ११ हजार ८० कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी पाँच लाख १५ हजार दुई सय २० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । सर्वसाधारण लगानीकर्ताले २६ मंसिरसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी पुस ६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाइने छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो सेयरको वेबसाइट र मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् । कम्पनीले बागलुङको जैमिनी नगरपालिका वडा १, ४ र ५ मा पर्ने ठेउले खोलामा एक दशमलव पाँच मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरेको छ ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!