Shittalpati
बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु
बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चारमहिनाको शिशुको मृत्यु भएको छ । स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चारमहिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए...
कक्षा १२ को परीक्षा नरोकिने :  कर्मचारी खटाएरै भए पनि गर्ने तयारी
कक्षा १२ को परीक्षा नरोकिने :  कर्मचारी खटाएरै भए पनि गर्ने तयारी शिक्षक आन्दोलनका कारण वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा हुने नहुने अन्यौलमा रहेका बेला सरकारले भने जसरी भए पनि परीक्षा सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएको छ । सरकारले निजामती कर्मचारी खटाएरै भए पनि  परीक्षा  सञ्चालन गर्ने तायारी गरेको हो ।
आन्दोलन संस्कृतिको विकास
आन्दोलन संस्कृतिको विकास केही वर्ष अघिसम्म आन्दोलनको पर्याय नै बनेको थियो नेपाल बन्द । विभिन्न बहानामा ‘नेपाल बन्द’ गर्ने प्रवृत्ति व्यापक थियो । ठूला दलदेखि साना समूहसम्मले केही प¥यो कि नेपाल बन्द गरिहाल्थे । तर पछिल्लो समय नेपालै बन्द गर्ने आन्दोलन कम हुँदै गएका छन् ।
दानव खोलामा बेपत्तामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता
दानव खोलामा बेपत्तामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको छ भने समाचार तयार पार्दासम्म दुई अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले १४ वर्षीय राजन यादवको शव डुबेको स्थान नजिकै फेला परेको बताए ।
शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा
शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सोमबार भट्टराईले राजीनामा बुझाएकी हुन् ।
तानसेनमा दीगो तथा सम्मानित रोजगारीका लागि सीप कार्यक्रमको निरीक्षण
तानसेनमा दीगो तथा सम्मानित रोजगारीका लागि सीप कार्यक्रमको निरीक्षण तानसेनमा सञ्चालित दीगो तथा सम्मानित रोजगारी लागि सीप परियोजना (इन्स्योर)  कार्यक्रमको निरीक्षण गरिएको छ । तानसेन नगरपालिकाको आयोजना र हेल्भेटासको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमको सोमबार निरीक्षण गरिएको हो ।
पर्यटकको रोजाइमा विचित्र गुफा
पर्यटकको रोजाइमा विचित्र गुफा गुल्मीको धुर्कोट गाउँपालिका–५ स्थित  विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ ।
पाल्पा अस्पताल : दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्
पाल्पा अस्पताल : दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन् लुम्बिनी प्रदेशकै सबै भन्दा पुरानो र जेठो अस्पतालको रुपमा रहेको पाल्पा जिल्ला अस्पतालमा ११ औँ तहको कार्यालय प्रमुखसहित १२ जनाको विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर हाल एक जना मात्रै कार्यरत छन् । ति एक जना ११ औँ तहको कार्यालय प्रमुख हुन् । तर उनी हप्तामा दुई/तीन दिन मात्रै अस्पतालमा...
बुटवलमा मनाइयो जितगढी विजय उत्सव
बुटवलमा मनाइयो जितगढी विजय उत्सव नेपाली फौजले अंग्रेज सेनालाई हराएको दिनको स्मरणमा रुपन्देहीको बुटवलस्थित जितगढीमा विजय उत्सव मनाइएको छ । बुटवल उपमहानगरपालिकाले आयोजनामा आइतबार विजय उत्सव मनाइएको हो । नेपाल–अंग्रेज युद्धका बेला बुटवलको जितगढीमा नेपाली फौजले अंग्रेज फौजलाई हराएको ऐतिहासिक तथ्य छ ।
आज छन्द दिवस मनाइँदै
आज छन्द दिवस मनाइँदै आज छन्द दिवस नेपालमा विविध कार्यक्रम गरी मनाइँदै छ । साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण गर्ने उद्देश्यसहित दिवस मनाउन लागिएको हो ।
कानुन विषय अध्ययन गर्दै थारू समुदायका छात्रा
कानुन विषय अध्ययन गर्दै थारू समुदायका छात्रा दाङ तुलसीपुर उपमहानगरपालिका– १३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो । घरको अवस्था निकै कमजोर थियो । घरबाट उनको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उनलाई घरपरिवारको पूर्ण समर्थन छ ।
वर्षाले किसान उत्साहित
वर्षाले किसान उत्साहित लामो समयको खडेरीपछि वर्षा हुँदा किसान उत्साहित भएका छन् । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका पाल्पा र गुल्मीका किसानहरु वर्षा भएपछि उत्साहित भएका हुन् ।
Weather Update