सेनाले तेस्रो गोरखा–जितगढी पदयात्रा गर्ने
आइतबार, चैत २४, २०८१
गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने
आइतबार, चैत २४, २०८१
मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास–रिडी सडक एक महिनासम्म बन्द हुने भएको छ । उक्त सडकको रुरुक्षेत्र गाउँपालिकाअन्तर्गत ठूलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्नेलगायत कामका लागि एक महिनासम्म सडक बन्द गरिने मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ ।
तानसेनमा नेवारी संस्कृति संरक्षण गर्दै बरजु गुठी : लस्करै बसेर ‘नेवारी मौलिक भोज’
आइतबार, चैत २४, २०८१
बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि तानसेनका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा र संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउन उनीहरु यसको संरक्षणमा जुटेका हुन् ।
आज रामनवमी, देशभर सार्वजनिक विदा
आइतबार, चैत २४, २०८१
मर्यादा पुरुषोत्तम श्री रामको पूजा आराधना गरि आज रामनवमी पर्व मनाइँदैछ । हेरक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा ‘रामनवमी’ पर्व मनाइने गरिएको हो ।
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
शनिबार, चैत २३, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कीएका छन् ।
पाल्पाका आवासीय चिकित्सकले बुझाए स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र
शनिबार, चैत २३, २०८१
लुम्बिनी मेडिकल कलेज पाल्पामा अध्ययनरत आवासीय (रेसिडेन्ट) चिकित्सकले स्वास्थ्य तथा जनसङ््ख्यामन्त्री प्रदीप पौडेललाई तीन बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । आठौँ तहसरह मासिक पारिश्रमिक पाउनुपर्ने मागसहित उनीहरुले मन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।
स्वास्थ्य बिमा र सरकारी अस्पतालका सेवा व्यवस्थित गर्दैछौं : मन्त्री पौडेल
शनिबार, चैत २३, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा र सरकारी अस्पतालको सेवा व्यवस्थित गर्ने गरी सरकारले काम गरेको बताएका छन् । शुक्रबारदेखि तानसेनको टुँडिखेलमा सञ्चालन भएको दोस्रो तानसेन महोत्सवलाई उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
आज चैते दशैं पर्व मनाइदैं
शनिबार, चैत २३, २०८१
नवदुर्गा भवानीको पूजा आराधना गरी आज चैते दशैँ मनाइँदैछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन चैते दशैँ मनाउने गरिन्छ । आज शक्तिपीठ तथा देवी मन्दिरहरुमा पूजा गर्ने भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।
रिक्साचालक महिलाको कथा : गुजारा चलाउन सहज
शुक्रबार, चैत २२, २०८१
बुटवल उपमहानगरपालिका– ८ की रिता अधिकारीको दैनिक गुजारा राम्रो चलिरहेको छ । उनी दिनभरि इ–रिक्सा चलाउँछिन् । त्यसबाट उनी दैनिक करिब एक हजार सात सय कमाउँछिन् । यही कमाइबाट उनी दैनिक गुजारा चलाउँछिन् । उमेरले ४० वर्ष पुगेकी रिताका २१ र १५ वर्षका छोरी छन् । उनले दिनभरि इ–रिक्सा चलाएर...
तपोभूमिलाई विश्वमा चिनाउन पाणिनि सम्मेलन
शुक्रबार, चैत २२, २०८१
विश्वको प्राचीन संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको पुण्य तपोभूमिलाई विश्वसामु चिनाउन राष्ट्रियस्तरको पाणिनि तपोभूमि सम्मेलन गरिने भएको छ ।
दाङका पानी उद्योगमा छैनन् प्रयोगशाला
शुक्रबार, चैत २२, २०८१
दाङका पानी उद्योगमा प्रयोगशाला नभएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका अनुसार दाङमा सञ्चालित पानी उद्योगहरुमा प्रयोगशाला नभएको पाइएको हो ।
तानसेन महोत्सव आजदेखि, स्वास्थ्य मन्त्री पौडेलले उद्घाटन गर्ने
शुक्रबार, चैत २२, २०८१
तानसेनको टुँडिखेल मैदानमा आजदेखि दोस्रो तानसेन महोत्सव २०८१ हुँदैछ । पर्यटन कृषि तथा व्यवसायिक प्रवर्द्धन, रोजगारको पहिचान गर्ने उद्देश्यले महोत्सव हुन लागेको हो । १३ दिनसम्म चल्ने महोत्सवको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
‘समर शेड्युल’ नहुँदा विमानस्थल फेरि सुनसान
बिहीबार, चैत २१, २०८१
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ । मार्च २९ अर्थात यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने चासो नदेखाएका कारण सुनसान बन्न पुगेको हो ।


