Shittalpati
मानव अन्तरिक्ष विमान दिवस मनाइँदै
मानव अन्तरिक्ष विमान दिवस मनाइँदै आज अप्रिल १२ अर्थात् अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी  मनाइँदै छ । अन्तरिक्षयात्री यूरी गागरीनले सन १९६१ म भोस्तोक १ नामक अन्तरिक्ष विमानबाट पृथ्वीको अर्विटमा चक्कर लगाउन सफल भएको दिनको सम्झनामा अप्रिल १२ मा यो दिवस मनाउँदै आइएको हो ।
आज हनुमान जयन्ती मनाइँदै
आज हनुमान जयन्ती मनाइँदै हनुमानको आज जन्मजयन्ती मनाइँदैछ । चैत्र शुक्ल पूर्णिमाका दिन हरेक वर्ष रामदूत हनुमानको जन्मजयन्ती मनाउने गरिन्छ । सनातन धर्मका अनुयायीले यो मनाउने गर्छन् ।
हावाहुरीको वितण्डा
हावाहुरीको वितण्डा बुधबार साँझदेखि पानीसहित आएको हावाहुरीले पाल्पा, गुल्मी, अर्घाखँची लगायतका जिल्लाहरुमा वितण्ड मच्याएको छ । हावाहुरीका कारण मेला महोत्सव, घर, होटल, विद्यालय, मन्दिरलगायत संरचनाका छाना उड्नुका साथै पशुचौपायका खोर, गोठ समेत क्षतिग्रस्त भएका छन् ।
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य रणनीति कार्यान्वयनमा
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य रणनीति कार्यान्वयनमा लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयनमा आएको छ । प्रदेश सरकारको नेतृत्वमा स्थानीय तह र स्वास्थ्य विकास साझेदार संस्थासँगको सहकार्यमा उक्त रणनीति कार्यान्वयनमा आएको हो ।
नेपाली सेनाले सुरु गर्‍यो तेस्रो गोरखा–जितगढी पदयात्रा
नेपाली सेनाले सुरु गर्‍यो तेस्रो गोरखा–जितगढी पदयात्रा नेपाली सेनाले विहीबारदेखि तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ सेनाले गोरखा–जितगढी एकीकरण पदयात्राको थालनी गरेको हो ।
सचेतना कार्यक्रमले निस्दीमा घट्दैछ बालविवाह
सचेतना कार्यक्रमले निस्दीमा घट्दैछ बालविवाह बालविवाह न्यूनीकरणका लागि पाल्पाको निस्दी गाउँपालिकाले सचेतनामूलक कार्यक्रममा जोड दिएको छ । पालिकास्तरमा बालविवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि यहाँ पछिल्ला वर्षमा बालविवाह हुने क्रम घट्दो अवस्थामा छ । निस्दीमा विसं २०७९ मा २७६ जोडीले बालविवाह गरेकामा २०८१ सालको हालसम्म भने यस्ता आठ जोडी मात्र रहेका बालकल्याण अधिकारी...
गुल्मी कारागारमा सीप सिक्दै आम्दानी गर्दै कैदीबन्दी
गुल्मी कारागारमा सीप सिक्दै आम्दानी गर्दै कैदीबन्दी  जिल्ला कारागारमा रहेका कैदीबन्दी यतिबेला उद्योग कर्ममा रमाउन थालेका छन् । कारागारमा दुई वर्षदेखि काष्ठकला र फर्निचर उद्योग स्थापना गरेर यहाँका कैदीबन्दीले मासिक रूपमा न्यूनतम रु सातदेखि रु ४५ हजारसम्म कमाउँदै आएका छन् ।
हुरीबतास र वर्षाले तानसेन महोत्सव प्रभावित    
हुरीबतास र वर्षाले तानसेन महोत्सव प्रभावित     हुरीबतास र वर्षाका कारण पाल्पामा जारी दोस्रो तानसेन महोत्सव प्रभावित भएको छ । तानसेनको कृषि, रोजगार, पर्यटन तथा व्यापारलाई लक्षित गरी यही चैत २२ गतेदेखि सञ्चालन गरिएको महोत्सव बुधबार दिउँसोदेखिको वर्षा र हुरीबतासले प्रभावित भएको हो ।
पाँच सय बढी श्रमिकहरुको निःशुल्क स्वास्थ्य जाँच गर्दै निर्माणकर्मी संघ
पाँच सय बढी श्रमिकहरुको निःशुल्क स्वास्थ्य जाँच गर्दै निर्माणकर्मी संघ निर्माण क्षेत्रका श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले श्रमिक तथा निर्माणकर्मीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेको छ । संघले निर्माण क्षेत्रमा कार्यरत पाँच सय ५० श्रमिकहरुको स्वास्थ्य जाँच गर्दै छ ।
आज महावीर जयन्ती मनाइँदै
आज महावीर जयन्ती मनाइँदै आज चैत्र शुक्ल त्रयोदशी महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ ।
बगनासकालीले गर्‍यो सामाजिक सुरक्षा भत्ता निकासा
बगनासकालीले गर्‍यो सामाजिक सुरक्षा भत्ता निकासा जिल्लाको बगनासकाली गाउँपालिकाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ । पालिकाले सामाजिक सुरक्षा भत्ता बापतको ३ करोड १९ लाख ९८ हजार ९ सय ४५ रुपैंया निकासा गरेको हो ।
अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको माग
अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको माग भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग राख्दै रुपन्देहीका उद्योगी व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।
Weather Update