Shittalpati
जेन–जीको प्रदर्शन :  प्रहरीको गोली लागेर १३ जनाको मृत्यु

काठमाडौँ, जेन–जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १३ पुगेको छ । आज बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको हो ।

 ट्रमा सेन्टरमा ४० जनाको उपचार भइरहेकोमा एकजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । घाइतेमध्ये १५ जनाको स्वास्थ्य अवस्था सामान्य छ । यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १० जना घाइतेको उपचार भइरहेको छ । बानेश्वरमा प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र रबरको गोली चलाएको थियो। प्रदर्शनका क्रममा केही सुरक्षाकर्मी समेत घाइते भएका छन् । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरू सडक प्रदर्शनमा उत्रिएका छन् ।

सरकारले समयसिमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेन जी पुस्ताका युवाहरूको समूहले काठमाडौंको माइतिघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update