Shittalpati
आज श्री कृष्णजन्माष्टमी पर्व मनाइदैं
आज श्री कृष्णजन्माष्टमी पर्व मनाइदैं आज श्रीकृष्ण जन्माष्टमी पर्व श्रीकृष्णको पूजा आराधना गरी मनाइदैं छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र अष्टमीको मध्यरातमा भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो ।
प्रेस युनियन लुम्बिनिको  भेला स्वर्गद्वारीमा
प्रेस युनियन लुम्बिनिको भेला स्वर्गद्वारीमा नेपाल प्रेस युनियन
घुस लिएको अभियोगमा मुद्दा दायर
घुस लिएको अभियोगमा मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
ऐतिहासिक भगवती जात्राको तयारी तीव्र
ऐतिहासिक भगवती जात्राको तयारी तीव्र पाल्पाको ऐतिहासिक भगवती जात्राको तयारी तीव्र पारिएको छ । यही भदौ २१ गते बिहीबारका दिन हुन लागेको २०३ औं भगवती रथायात्राको तयारी तीव्र पारिएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यबस्थापन समितिले जनाएको छ । समितिले सोमबार पत्रकार सम्मेलन गरी जात्रालाई विजय उत्सवकै रुपमा मनाउने गरी तयारी भइरहेको जनाएको हो ।
छैटौं तलाबाट हाम फालेर एकको मृत्यु
छैटौं तलाबाट हाम फालेर एकको मृत्यु वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । सोमबार विहान २ बजेतिर सर्जिकल भवनको तलाबाट उनले फाम फालेको अस्पतालको सीसीटीभी फुटेजमा देखिएको छ ।
बौद्ध शिक्षाले जीवन सार्थक बनाउँछ : महास्थविर
बौद्ध शिक्षाले जीवन सार्थक बनाउँछ : महास्थविर बुद्ध विहार भृकुटीमण्डप काठमाडौका प्रमुख धर्म कथिक भिक्षु कोण्डन्य महास्थविरले बौद्ध शिक्षा ग्रहण गर्न सकियो भने जीवन सार्थक हुुने बताएका छन् । धर्मचक्र बौद्ध युवा संघ तानसेन पाल्पाको रजत जयन्तीलाई तानसेनमा सम्बोधन गर्दै बौद्ध शिक्षाले मानव जीवनलाई शान्ति र आत्मज्ञानी बनाउँदै सार्थकता प्रदान गर्ने बताएका हुन् ।
मोहन कन्याको यात्रा ७४ वर्षमा
मोहन कन्याको यात्रा ७४ वर्षमा पश्चिम क्षेत्रकै एक मात्र प्राविधिक कन्या स्कुल मोहन कन्या माध्यमिक विद्यालय ७४ वर्षको यात्रामा प्रवेश गरेको छ । कन्याहरुलाई व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी स्थापना भएको स्कूलले ७४ वर्षको बुढ्यौली यात्रा तय गरेको हो ।
गुल्मीमा चट्याङ लागेर एकको मृत्यु
गुल्मीमा चट्याङ लागेर एकको मृत्यु गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ । जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङ ६० वर्षीय हिरा बहादुर घर्ती रोकाको चट्याङ लागेर मृत्यु भएको हो । 
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
भ्रष्टाचार अभियोगमा मुद्दा दायर ख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय
संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूलसमारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो ।
व्यवसायीको दुखेसो : ‘दोहोरो कर नीतिले समस्यामा पर्‍यौं’ 
व्यवसायीको दुखेसो : ‘दोहोरो कर नीतिले समस्यामा पर्‍यौं’  नेपालमा सरकारको दोहोरो नीति र राजनीतिक अस्थिरताका कारण जहिल्यै उद्योगी–व्यवसायी मारमा पर्ने गरेको गुनासो छ । प्राकृतिक विपद्, महामारी र राजनीतिक अस्थिरताका कारण व्यवसाय तहसनहस भइरहँदा दोहोरो कर नीतिले झन आफुहरु समस्यामा परेको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।
मैत्री क्लवको वार्षिक उत्सव तथा अधिवेशन, अध्यक्षमा शाक्य
मैत्री क्लवको वार्षिक उत्सव तथा अधिवेशन, अध्यक्षमा शाक्य जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील रहेको मैत्री क्लव तानसेनको वार्षिक उत्सव तथा अधिवेशन तानसेनमा भएको छ ।  क्लवले ४४ औं वार्षिक उत्सव तथा २० औं अधिवेशन गरेको हो ।
Weather Update