Shittalpati
नेतृत्व समाजवादी कि सामन्तवादी ?

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस यतिखेर १४ औ महाधिबेशनको दौडमा सहभागीभएको छ । यो पनि रहर भन्दा बाध्यता भएको हो । सबै जिल्लाहरुमा यसको विधि प्रक्रिया त शुरु भएको छैन । पटक पटक निर्वाचन मितिलाई टार्दै टार्दै यो अवस्थामा ल्याइएको भए पनि अधिबेशन होला तर महाधिवेशन हुने कुरामा आमकार्यकर्ता आशावादी हुन सकेका छैनन् । त्यसको प्रमुखकारण अर्थात् नेतृत्व प्रति आमकार्यकर्ता विश्वस्त हुन नसकेको हो ।

असक्षमताको पराकष्ठा नाघेपछि यस्तै हुन्छ । यसको अपजस नेतृत्वले लिनुपर्दछ । पार्टीको अवस्था नियाल्दा प्रतिदिन आशा भन्दा निराशाको बादल धेरै नै देखिन्छ । पार्टीको बिधानअनुरुप ५ वर्षमा सम्पन्न गर्नुपर्ने थियो । महाअधिवेशन सम्पन्न भएको एक वर्ष भित्रमा पार्टीको विभागहरुले पूर्णता पाउनुपर्ने थियो त्यो दिन पनि हुन सकेन । मातृ शुभेच्छुक संस्थाको अवस्था पनि उत्तिकै दयनिय छ । पार्टीको चौतर्फी नियाल्दा कहाली लाग्दो अवस्थामा रहेर चौधो महावेशनको प्रक्रिया सुरु भएको छ । यस पटकको महाधिवेशन विगतका तुलनामा पृथक नै हुने लक्षण देखा परेको छ । केन्द्रको प्रभाव तल वडा तहसम्म परेको छ । पार्टीको सच्चापहरेदार भन्दा कुन समूहको हो । यसले कसलाई भोट दिन्छ ? जस्ता प्रश्नहरुको पासो थापेर राखिएको छ । काँग्र्रेसको सच्चाकार्यकर्ता भन्न छाडियो, फरक धारणा राख्ने पार्टी नेतृत्वपंक्तीको आलोचना गर्ने नराम्रो विषयको उजागर गर्न खोज्नेहरुलाई तल्लो तहबाटै तालाबन्दी गर्न खोजियो यसले पार्टीलाई भोलीका दिनमा कहाँ पुर्‍याउदछ अबको केहि महिनामै स्थानीय निर्वाचन हुँदैछ । यस्ता क्रियाकलापका कारण आगामी तीन वटै निर्वाचनमा नराम्रोसँग धक्कापुग्नेमा दुई मत नै छैन । यसको जिम्मेवारी नेतृत्वतहमा बसेर निर्देशन दिने नेतृत्व एंव नेताले भोली तल्लो तहका कार्यकर्तालाई चित्तबुझ्दो जवाफ दिनुपर्ने छ । २०४८ सालको निर्वाचनमा बहुमतप्राप्त सरकारको निर्माण गर्न सफल भयो । अन्ततः पापी नेताकाकारण ०५१ सालमा मध्यावधी भयो । त्यस भन्दा अघि भएको स्थानीयतहको निर्वाचनमा समेत राम्रो पोजीसनमा थियो । त्यसपछिका दिनमा स्व.गिरिजा प्रसाद कोरइराला, कृष्ण प्रसाद भट्टराईकै पहलमा ०५६ सालको निर्वाचनमा राम्रो सिटमा काँग्रेस विजयीभयो त्यो भनेको सक्षम नेतृत्वका कारण थियो । इतिहासदेखि नै नेतादेखि कार्यकर्ता सम्मका सबै समाजवादी प्रवत्तिका थिए । आज नेतृत्व समाजवादीको आवरणमा सामन्तवादी भएको सत्य हो । यस्ता यस्ता कारणले गर्दा आज पुराना पुरानाकार्यकर्ता जसले पार्टीलाई जोगायो त्यसलाई आज उत्साह भन्दा निराशा बढी नै छ । आगामी निर्वाचनमा काँग्रेसले कसरी चित्ने ? भन्ने चिन्तन हुँदैन चिन्तन पार्टी कसरी कब्जा गर्ने भन्ने मात्र चिन्तन छ । केन्द्रदेखि वडा तह सम्म विगत भएको उपलब्धी गर्न नसकेको के ? अब गर्नुपर्ने काम के हो भनेर समिक्षा गर्नुको सट्टामा दोष लगाउने कसरी क्षेत्रीय प्रतिनिधीमा रोक्ने भन्ने मात्र नेतादेखि कार्यकर्ताको ध्याउन्न भए पछि काँग्रेस कसरी सबैको बन्न सक्दछ । नेतृत्वले मनन् गर्नु पर्ने यहाँ हो । नेतृत्वको अगाडि पछाडी बस्यो गाउँविरानो बनायो त्यहि नेताको आडमा पुनः पद हत्यायो विगतमा पार्टीको पद मजाएर लुट तन्त्रमच्चायो । निर्वाचनमा पार्टीको अधि करोड उमेद्वारलाई मतनदिने त्यसैगरी ज्ञानेन्द्रको समर्थनमा स्वागत गर्न लामवद्ध भएका व्यक्ति अहिले नेतृत्वको आषिशमा क्षेत्रीय प्रतिनिधी भएका छन् । यस्तो प्रवृत्तिबाट गुज्रीएको काँंग्रेसबाट नयाँ पुस्ताको कार्यकर्ताले कस्तो अपेक्षा राख्ने प्रश्न यहाँ हो । यस्तो कुरा उठाउँदा मन चसक्क होला तर सत्य यहि नै हो । पार्टीमा विकृती फैलाएको कार्यकर्ताले होइन नेताले नै हो । तीनै नेताको छत्र छायामा पार्टी कार्यालयमा निर्वाचन नजिकिए सँगै राजधानीकाजमा आए जस्तो गरी आउने, पार्टीमा आफु जन्मनु भन्दा पहिलेदेखि नै काम गरेको बायोडाटा बनाएर ल्याउनेहरुको भिडमा गाउँमा बसेर पार्टीको सच्चा पहरेदार बनेको कार्यकर्ताको अहिले पनि मन कुडिएको छ । नेतृत्व सच्चिएर साझाँ काँग्रेस बनाउनु पर्ने अहिलेको आवश्यकता हो । नेविसंघ तरुणदल यतिखेर छैन नै भन्दा हुन्छ । त्यसैले तरुण युवाहरुको पनि पार्टी क्रियाशिलता बढेको पनि हो । काँग्रेसलाई पुरानो अवस्थामा फर्काउने र कार्यकर्ताको उचित तथा न्यायोचित बनाउन तलदेखि नै संरचना बदल्नु पर्दछ । मुलुक संघीय संरचना बनेको लामो समय भयो तर प्रादेशीक तहको संगठन अहिले सम्म बनेन् । बनाएको भए संगठन चलायमान बन्ने थियो तर केन्द्रिय नेतृत्व डढेल्धुरा प्रवृित्तमा अड्कियो । फेरी केन्द्रिय नेतृत्व तथा सभापति गलत भनि रहँदा उनका प्रतिष्पर्धी रामचन्द्र पौडेललाई असल बन्न पनि खोजेको भने अवस्था होइन । उनको पनि समान रुपमा दोष हो त्यसैले दुबै अब नेतृत्वको लाइनमा होइन ? पार्टीको संरक्षकको लाइनमा बस्दा पार्टीका लागि उत्तम हुने छ गत निर्वाचनको मत परिणाम अनुसार काँग्रेस प्रतिपक्षमा बस्ने जनादेश हो तर सरकारको नेतृत्व गर्ने अवसर आयो तर विडम्वना आजसम्म देउवाको काधमा १९ वटा मन्त्रालय छन् । सक्षम राम्रा व्यक्तिलाई मन्त्री बनाए हुँदैन ? अरु पार्टीको किन निर्णय पर्खनु पर्‍यो । यस प्रकरणले पनि काँग्रेस सरकारका लागि असक्षम भएको सावित हुन्छ । सहि समयमा सहि निर्णय गर्न सकिएनभने त्यसैले पछाडी पार्दछ । अहिले काँग्रेसको लागि अवसर भन्दा चुनौतीको चाङ्ग बढी नै देखिएको छ । यस्ता यस्ता कारणले गर्दा चुनौती थपिए तर नेतृत्वको आनिवानीमा कुनै सुधार आउन सकेन रामचन्द्र शेर बहादुरको मानिस हो भन्ने भयो । काँग्रेसको मानिस हो भन्ने हुन सकेन । त्यसो हुन नसक्दा मन्त्रीमण्डल विस्तार हुन नसकेको हो । यस प्रकरणमा दुबै नेताको समान रुपमा दोष नै छ । गुटको भन्दा काँग्रेसको भन्ने दिन कहिले आउछ ? आमकार्यकर्ता जो गाउँमा बसेर संगठनको बारेमा चिन्ता गरेका छन् त्यस्ता व्यक्तिले व्यक्तिभन्दा पार्टी हो ठूलो भन्ने बुझाई रहेको छ । आउने अधिबेशनदेखि महाअधिवेशन सम्म व्यक्ति प्रधानभन्दा पार्टी प्रधान भन्ने क्रियाकलापलाई साच्चिकै व्यवहारमा रुपान्तरण नगरिए नेपाली कांँग्रेस आउने निर्वाचनमा भारतको काँग्रेस आइ जस्तै बन्ने छ । कांँग्रेस सच्चिनका लागि तलैबाट सामन्तवादी चिन्तन र सोचबाट मुक्त भएर समाजवादी चिन्तनको बाटोमा लाग्नु अहिलेको आवश्यकता हो ।
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update