Shittalpati
स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थाहरुमा थप गुणस्तरीय सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिएको हो । स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गरी गाउँपालिका भित्र रहेका सबै स्वास्थ्य संस्थाहरुलाई चुस्त, प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई तालिम दिन थालिएको गाउँपालिकाले जनाएको छ । तालिमको मंगलबारदेखि एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । तालिम एक हप्तासम्म सञ्चालन गरिने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रममा सहजिकरण स्वास्थ्य शाखा प्रमुख केशव जि.सी र झडेवा स्वास्थ्य चौकी प्रमुख लक्ष्यण गाहा गरिरहेका छन् । कार्यक्रममा गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाका कर्मचारीहरुको उपस्थिती रहेको छ । गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले पोषण तालिम पश्चात सहभागी स्वास्थ्यकर्मीहरुले सिकेका ज्ञान र सीपलाई सेवाग्राही समक्ष कार्यकूसलताका साथ ब्यवहारमा लागु गर्ने आग्रह गरिन ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद न्यौपानेले बृहत पोषणले कुपोषण ब्यवस्थापनको लागि प्राविधिक तथा परामर्श सम्बन्धी ज्ञान सिप र क्षमताको विकासले आममानिस सक्षम हुने बताए । तालिममा २४जनाको सहभागिता रहेको छ ।

तालिम गाउँपालिकाको सभाहलमा सञ्चालन भइरहेको छ । कार्यक्रम निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update