Shittalpati
पाल्पामा बिहीबार २४ जना संक्रमितले कोरोना जिते, १७ जनामा संक्रमण

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा २४ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका २४ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १६ जना महिला र ८ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका १०, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका ३/३, रामपुर नगरपालिकाका ५, बगनासकाली गाउँपालिकाका २ र तिनाउ गाउँपालिकाका १ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार १ सय ७७ पुगेको छ ।

यस्तै,पछिल्लो २४ घण्टामा जिल्लामा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १० जना र एन्टिजेन परीक्षणमा ७ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ३८ जनाको परीक्षण गरिएकोमा रामपुर नगरपालिका, रिब्दीकोट गाउँपालिकाका १/१, रैनादेवी छहरा गाउँपालिकाका २, बगनासकाली गाउँपालिकाका ४ र तानसेन नगरपालिकाका २ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ३५ पुगेको छ । जसमा २ हजार ३ सय ७ महिला र ३ हजार ७ सय २८ जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ५ जनामा परीक्षण गरिएकोमा रामपुरका ३,रैनादेवी छहरा, तानसेनका १/१, र निस्दीका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ५ सय ७५ पुगेको छ । जसमा १ हजार ८ सय ४४ जना महिला र १ हजार ७ सय ३१ जना पुरुषमा संक्रमण देखिएको हो । यहाँ अहिलेसम्म २ सय १७ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या २ सय १६ पुगेको छ । जिल्लामा १ सय ७८ जना होम आइसोलेसनमा रहेका छन् भने ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update